काठमाण्डौ । काठमाडौंस्थित टुसाल मल्टिभेन्यु प्रा.लि.ले दोस्रो टुशाल विद्यालयस्तरीय पौडी प्रतियोगीता आयोजना गर्दैछ ।
आफ्नो स्थापना कालदेखि नै पौडी खेलको प्रर्वद्धन र जागरुकता विकास गर्ने उद्धेश्यका साथ विद्यालयस्तरीय पौडी प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
पौडी प्रतियोगिता नियमित बार्षिक कार्यक्रमका रुपमा यहि असार १५ गते आयोजना प्रतियोगिताको आयोजना गरिन लागिएको बताइएको छ ।
प्रतियोगिता २५ मिटरको फ्री स्टाइलमा खेलाइनेछ भने खेलमा जुनियर ब्वाइज, जुनियर ग्रर्लस र सिनियर ब्वाइज, सिनीयर ग्रर्लस गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइनेछ ।
उक्त प्रतियोगीताको टेक्निकल तथा निर्णायकको जिम्मेवारी राष्ट्रियस्तरका व्यक्तित्वहरु विष्णु खड्का लगायतको ११ जनाको टिमले जिम्मा लिनेछन् ।
प्रतियोगीताका विजयी प्रतियोगीहरुलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरीने जनाइएको छ ।
वि.सं.२०८० असार १३ बुधवार १५:१४ मा प्रकाशित






























