back
CTIZAN AD

खोटाङ सेवा समाज कतारद्वारा नेपालीको उपचारमा आर्थिक सहयोग

वि.सं.२०८० असार १४ बिहीवार

1.1K 

shares

महेश दाहाल, दोहा । प्रवासको पसिना स्वदेशको साकार सपना भन्ने मुल नारासहित स्थापना भएको खोटाङ सेवा समाज कतारले मृगौला रोगी रमेश नेपालीलाई आर्थिक सहयोग गरेको छ ।

खोटेहाङ गाउँपालिका -९ लिच्किराम्चेका रमेश नेपाली बिगत लामो समयदेखि मृगौला रोगको उपचार गराइरहेको तथा निजको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा सहयोग गर्न निकटतम आफन्तजन तथा साथिहरुलाइ अनुरोध गरेका थिए । खोटाङ सेवा समाज कतारका साधारण सदस्य नारायण पराजुलीमार्फत आएको प्रस्ताव अनुसार समाजले आर्थिक सहयोग गरेको हो ।

सस्थाको मासिक बैठकमा आएको प्रस्ताव माथि छलफल गर्दै बिरामी नेपालीलाइ आर्थिक सहयोग संकलनको लागि सहकोषाध्यक्ष राम मगरको संयोजकत्वमा संकलित र सस्थाको कोषबाट केही रकम थप गरेर रु ४२ हजार ७ सय सस्थाका पुर्व सल्लाहकार चन्द्रशेर राई मार्फत हस्तान्तरण गरेको छ ।

राष्ट्रिय मृगौला रोग उपचार केन्द्रमा उपचाररत नेपालीलाई सहयोग गरेको खोटाङ सेवा समाज कतारले जिल्लामा स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने हेतुले एम्बुलेन्स सहित विभिन्न सहयोग गर्नुका साथै शिक्षा र खेलकुदको क्षेत्रमा पनि उल्लेखनीय सहयोग गरेको छ ।

सस्थाका अध्यक्ष कैलाश श्रेष्ठले अब छिट्टै केही नयाँ योजना सहित जिल्लाको शैक्षिकस्तर सुधारको लागि नया कार्यक्रम ल्याउन लागिएको बताए ।

वि.सं.२०८० असार १४ बिहीवार १५:०७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...