back
CTIZAN AD

ढल्यो एमाले नेतृत्वको कोशी सरकार

वि.सं.२०८० असार १५ शुक्रवार

831 

shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ । शुक्रबार प्रदेशसभामा प्रस्तावमाथि भएको मतदानमा तत्काल कायम सदस्यको बहुमत नपुगेकाले अस्वीकृत भएको हो ।

सभामुख बाबुराम गौतमले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा तत्काल कायम प्रदेशसभाको बहुमत प्राप्त नगरेकाले अस्वीकृत भएको घोषणा गरे ।

कार्कीले राखेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको छ । तर, ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ ।

कार्कीले राखेको प्रस्तावको पक्षमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गरेका थिए भने विपक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले मतदान गरेका छन् । जनता समाजवादी पार्टीकी प्रदेश सांसद निर्मला लिम्बूका साथै प्रतिपक्षी दलका थप दुई गरी तीन जना प्रदेश सांसद अनुपस्थित रहे ।

यससँगै नेकपा (एमाले) नेतृत्वको एक मात्रै प्रदेश सरकार ढलेको छ । अब कोशीमा नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ ।

वि.सं.२०८० असार १५ शुक्रवार १३:५० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...