काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ ।
मुग्लिन प्रहरीका अनुसार शनिबार राति ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको ठूलो पहिरोका कारण सडक पुनः अवरुद्ध भएको हो ।
शुक्रबार रातिदेखि पहिरो खसेर अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजे पहिरो पन्छाएर खोलिए पनि राति ११ बजेदेखि पुनः पहिरो झरेर सडक अवरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउने कार्य जारी रहेको र ठूलै पहिरो खसेका कराण बाटो खुल्न केही समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोका कारण लामो समयदेखि सडक अवरुद्ध भएकोले यात्रुहरु मर्कामा परेका छन् ।
वि.सं.२०८० असार १७ आइतवार ०८:१६ मा प्रकाशित






























