back
CTIZAN AD

कसरी टुंगियो कर्णालीमा सत्ता पक्ष र प्रतिपक्षको विवाद ?

वि.सं.२०८० असार १७ आइतवार

819 

shares

काठमाडौं । कर्णाली प्रदेशसभामा प्रतिपक्षी दलबाट हुँदै आएको अवरोध हटेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को लागि सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबारदेखि प्रदेशसभामा अवरोध गर्दै आएको थियो । आइतबार सत्ता पक्ष र प्रतिपक्षीबीच सहमति भएसँगै प्रतिपक्षी संसद खुलाउन तयार भएको हो ।

सभामुख नन्दा गुरुङको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा प्रदेश सरकारले एमालेले ध्यानाकर्षण गराएकामध्ये सात बुँदा कार्यान्वयन गर्ने सहमति भएसँगै एमाले संसद बैठक खुलाउन तयार भएको हो ।

जसअनुसार प्रदेश सरकारबाट १५ लाखभन्दा कम रकम विनियोजन भएका योजनाहरू कार्यान्वयन नगर्ने तर, ताल, तलैया, बिउबीजन तथा क्रमागत योजनाहरूमा विनियोजित रकमबाट योजनाले पूर्णता पाउने भए उक्त योजनालाई कार्यान्वयन हुने व्यवस्था मिलाउने सहमति भएको छ ।

यस्तै, १५ लाखमाथिका योजनाहरूमा रकम विनियोजन गर्दा सांसद र स्थानीय तहले माग गरेका योजनाहरूमा रकम विनियोजन गर्न प्राथमिकता प्रदान गर्ने, १५ लाखभन्दा कम रकमका योजनाहरूमा विनियोजन भएको रकमका हकमा एमालेसँग समन्वय गरी रकम विनियोजन गर्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

ससर्तको नाममा संघीय सरकारबाट स–सना योजनहरूमा रकम विनियोजन भएकोमा निश्चित मापदण्डका आधारमा मात्र ससर्त योजनाहरूमा रकम विनियोजन गर्न संघ सरकारलाई अनुरोध गर्ने उल्लेख छ ।

यस्ता छन् सहमतिका बुँदाहरु

वि.सं.२०८० असार १७ आइतवार १७:५५ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...