back
CTIZAN AD

बालुवाटारस्थित ललिता निवासका अस्थायी संरचना हटाउन कामपाको सात दिने समय

वि.सं.२०८० असार १७ आइतवार

837 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासमा बनेका अस्थायी संरचना आगामी सात दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिइएको हो । स्थायी संरचनाको विषयमा भने पुनः छलफल गरेर निर्णय गरिने उनको भनाइ छ । उक्त संरचना हटाइसेकेपछि उक्त स्थामा तारबार गरी संरक्षण गर्ने प्रवक्ता मानन्धरले जानकारी दिए । आज कामपा नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगर प्रहरी उक्त स्थानमा पुगेको थियो ।

पहिले उक्त स्थानमा कति सार्वजनिक जग्गा छ भनी एकिन गरी तारबार गर्ने तयारी कामपाको छ । उक्त स्थानमा अहिले करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेको र ती सबै संरचना हटाउनका लागि निर्देशन दिइएको कामपाले जानकारी दिएको छ । उक्त स्थानको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा केही व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

कामपाले नयाँ नेतृत्व आएसँगै गत भदौ ७ गतेदेखि सार्वजनिक जग्गामा बनाइएका, नक्सा पासबिनै निर्माण भएका, नक्सा पास भएअनुसार निर्माण नभएका र निर्माण भएअनुसार प्रयोग नभएका संरचना हटाउने कामलाई निरन्तरता दिँदै आएको छ । यस अवधिमा कामपा नगरप्रहरीको नेतृत्वमा विभिन्न स्थानमा गरी एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ ।

१६ हजार पाँच सय अनधिकृत संरचना हटाइयो

कामपाले गत भदौ ७ गतेदेखि अवैधानिकरूपमा निर्माण गरिएको संरचना हटाउने काम सुरु गरेको हो । हालसम्मको अवधिमा १६ हजार पाँच सय ६० स्थानका अवैधानिकरूपमा निर्माण गरिएका संरचना हटाइएको कामपाले जनाएको छ । यस अवधिमै ९५ हजार पाँच सय ३८ वर्गफिट भूमिगत क्षेत्रलाई पार्किङमा रूपान्तरण, दुई सय ३१ अनधिकृत सवारी वर्कसपलाई कारबाही र ९५ हजार पाँच सय ३८ वर्गफिट भूमिगत क्षेत्रलाई पार्किङमा रूपान्तरण गरेको छ ।

जथाभावी रोकेर राखिएको १६ हजार सात सय ५७ सवारीलाई नियन्त्रणमा लिइएको कामपाले जानकारी दिएको छ । निर्वाचनको बेला भएको घोषणाअनुसार काम गर्ने क्रममा यी उपलब्धिहरू प्राप्त भएको कामपा जनप्रतिनिधिको भनाइ छ । सुरक्षा र पैदल यात्रीलाई सहजता प्रदान गर्नका लागि कामपाले यस अवधिमा एक हजार सात सय स्मार्ट सडक बत्ती जडान गरेको छ । सात किलोमिटर नयाँ ढल निर्माण एक हजार ५०० मिटर फुटपाथ निर्माण भएको छ ।

 

वि.सं.२०८० असार १७ आइतवार २१:०२ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...