back
CTIZAN AD

अतिवादका कारण मुलुक द्वन्द्वमा फस्ने खतरा- मन्त्री लेखक

वि.सं.२०७४ वैशाख ५ मंगलवार

870 

shares

५ वैशाख, डोटी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले दुई खाले अतिवादका कारण मुलुक ठूलो द्वन्द्वमा फस्ने खतरा उब्जिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन डोटी शाखाले आज बिहान दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “एकथरीले हिमाल–पहाडमा बस्ने तराई–मधेसका शत्रु’ र अर्को थरीले ‘तराई–मधेसमा बस्ने देशका शत्रु’ हुन् भनेर आरोप लगाइरहेका छन्, यी दुबै खाले अतिवादका कारण मुलुक ठूलो द्वन्द्वमा फस्ने खतरा उब्जिएको हो ।”

मन्त्री लेखकले यस्ता अतिवादले ल्याउन सक्ने द्वन्द्वबाट राष्ट्रियता खतरामा पर्न सक्नेतर्फ सचेत हुन सबैमा आग्रह गर्दै सबै नेपालीलाई जोड्ने काम नै असली राष्ट्रवाद हो भन्नुभयो ।

मुलुकलाई द्वन्द्वबाट जोगाउन ‘मुलुक जोड्ने अभियान’ मा नेपाली काँग्रेस जुटेको बताउँदै उहाँले ‘यसका लागि काँग्रेसले दुबैथरीलाई रिझाउँदै निकासको बाटो खोजिरहेको छ भन्नुभयो ।’

मन्त्री लेखकले संविधानको सर्वस्वीकार्यता बनाउन काँग्रेस लागिपरेको चर्चागर्दै यसका लागि दुई पटक संविधान संशोधन प्रस्ताव दर्ता भएको र पछिल्लो प्रस्ताव उपर छलफल चलिरहेको धारणा व्यक्त गर्नुभयो ।

वैशाख ३१ गतेको निर्वाचन कुनै पनि अवस्थामा नसर्ने बताउँदै उहाँले मधेसवादी दल सहमतिमा आउने अवस्था रहे केही जिल्लामा बरु पछि निर्वाचन हुनसक्ने स्पष्ट पार्नुभयो ।

वि.सं.२०७४ वैशाख ५ मंगलवार ०९:४१ मा प्रकाशित

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...