अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा कुवेत नेपाली एकता समाजले रक्तिम सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । संसारभर छरिएर रहेका मजदुर र सर्वहारावर्गलाई एकताबद्ध बनाउने हेतुले २०१४ मा स्थापना गरिएको अन्तर्राष्ट्रिय एकता समाजको कुवेत शाखा कुवेत नेपाली एकता समाजले विभिन्न सांस्कृति कार्यक्रम गरेर मनाउने भएकोहो ।
मइ ५ शुक्रबारका दिन गरिने उक्त कार्यक्रममा स्थानिय रक्तिम परिवारद्वारा विशेष रक्तिम सांस्कृत्तिक कार्यक्रम प्रस्तुत गरिने कुरा कुवेत नेपाली एकता समाजका महासचिव खुम रायमाझीले बताउनु भयो ।
सम्पुर्ण मजदुरवर्गलाई समेटिएर आयोजना गरिएको उक्त कार्यक्रममा कुवेतमा क्रियाशिल सम्पुर्ण संघसंस्था, बुद्धिजिवी, समाजसेवी, पत्रकार तथा खेलाडीहरुलाई उपस्थिति भइदिन अनुरोध गर्दै पत्र लेखिएको छ । यदि कारणवश प्राप्त नभइसकेको भए पनि यसै सूचनालाई आधार मानेर उपस्थित भइदिन संगठनका अध्यक्ष निम बुढा मगरले अनुरोध गर्नु भएको छ ।
स्थान : ब्लक ४ रोड नं १० रिदम हल
अव्वासिया अप्सरा वजारको नजिकै
समय: अपरान्ह ठिक १:०० वजे