back
CTIZAN AD

आतङ्कवादी आक्रमाणको योजना बनाएको आरोपमा जर्मनीमा सात जना पक्राउ

वि.सं.२०८० असार २१ बिहीवार

930 

shares

बर्लिन । जर्मन प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहबाट प्रेरित भई जर्मनीमा आतङ्कवादी हमलाको योजना बनाएको आरोपमा बिहीबार सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मध्य एसियाका ती पुरुष केही समयदेखि एकआपसमा परिचित रहेका तथा उनीहरूले पारस्परिक सम्पर्कलाई बढाउँदै कट्टरपन्थी इस्लामिक विचारधारा साझा गरेका सङ्घीय अभियोजकको कार्यालय बताएको छ ।

सन् २०२२ को प्रारम्भमा युक्रेनमा युद्ध सुरु भएको केही समयपछि उनीहरू जर्मनी आएका हुन् । सातै जना अभियुक्त लगभग एकै समयमा जर्मनी आएका बताइएको छ ।

नेदरल्याण्ड्समा पक्राउ परेको अर्को संदिग्धसँग सातै जनाले सम्पर्क स्थापना गरेर आतङ्ककारी आक्रमण गर्ने उद्देश्यका साथ एउटा सानो समूह गठन गरेका थिए । उनीहरूले जर्मनीको कुन स्थानमा आक्रमण गर्ने भन्ने निर्णय नगरे पनि घातक हतियार प्राप्तिको भरमग्दुर प्रयास गरेका अभियोजनकर्ताहरूले बताएका छन् । (रासस/एएफपी)

वि.सं.२०८० असार २१ बिहीवार २०:४४ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...