back
CTIZAN AD

लगानीकर्तालाई निरुत्साहित बनाएर गयो साताको सेयर बजार

वि.सं.२०८० असार २२ शुक्रवार

885 

shares

काठमाडौं । यो साता सेयर बजार निरन्तर ओरालोमा रह्यो । पाँच दिन पूरै कारोबार हुँदा पनि बजार १०१ अंकले घट्यो । यो साता बजारको सूचांक मात्रै नेगेटिभ भएन बजारमा कारोबार रकम पनि घट्यो ।

सूचांक निरन्तर घट्दा लगानीकर्ताहरु बजारप्रति आर्कषित भएनन् । गत साता चार दिन मात्रै कारोबार हुँदा पनि २३ अर्ब दुई करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको सेयर बजारमा यो साता पाँचै दिन कारोबार हुँदा पनि १७ अर्ब ५१ करोड ५७ लाखभन्दा बढी हुन सकेन । जुन अघिल्लो साताको तुलनामा पाँच अर्ब ५१ करोड २६ लाखभन्दा बढीले कम हो ।

अघिल्लो साता दुई हजारको बजार २२ सय नजिक पुगेको थियो । तर, यो साता २१५० को बिन्दुबाट ओरालो लागेर बजार २०४९ को बिन्दुमा अडिन पुग्यो ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको निरन्तर पहिरो केही थामिन खोजेको देखियो । तर, बजार त्यति उत्साहित गराउने खालको भने बनेन् । किनकी बिहीबार यसअघिकै तुलनामा न्यून कारोबार भएको थियो ।

लगानीकर्ता निरुत्साहित हुँदै बन्द भएको सेयर बजार आगामी समय कसरी जाला यत्तिकै भन्न सकिन्न । तथापी, अन्तिम कारोबार दिन बजार उक्लिन खोजेको संकेतले भने आगामी साता सकारात्मक हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

वि.सं.२०८० असार २२ शुक्रवार १७:१६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...