back
CTIZAN AD

नयाँ र स्वतन्त्र भनिएका दलहरुको हविगत छिट्टै पुराना दलको जस्तै हुन्छ–घनश्याम भुसाल

वि.सं.२०८० असार २३ शनिवार

681 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव घनश्याम भुसालले नयाँ र स्वतन्त्र भनिएका पार्टीहरुको हालत छिट्टै पुरानाको जस्तै हुने बताएका छन् ।

पार्टीनिकट कानुन व्यवसायीहरुद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव भुसाले राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ भनिएका दलहरुको दलाल, पूँजीवादमाथि प्रश्न नउठाएको भन्दै उनीहरुको हविगत छिट्टै पुराना दलहरुको जस्तो हुने बताए ।

‘अहिले राजनीतिक जुन नयाँ भन्ने चिज आईराख्या छ, स्वतन्त्र भन्ने जुन चिज आईराख्या छ । तिनको पनि त्यही हविगत हुन्छ । किनभने ती कसैले पनि यो दलाल, पूँजीवादमाथि प्रश्न उठाएका छैनन्,’ उनले भने, ‘त्यसअर्थमा त्यस्तो सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ र, हाम्रा बच्चाबच्चीहरुले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन् । त्यो भन्दा राम्रो रोजगारी पाउँछन् । यसतर्फ उनीहरुका पनि मुद्दा केन्द्रित छैनन् ।’

उनले सैद्धान्तिक रुपमा नेकपा (एकीकृत समाजवादी पार्टी नै त्यो पार्टी रहेको बताए । ‘यसको अर्थ हो– राजनीतिक रुपमा हामीले अझ धेरै गर्न बाँकी छ । राजनीतिक रूपमा तिमीहरूले के ग¥यौ भन्नु हुुन्छ भने मैले धेरै कमी छ भन्छु । मेरै पार्टीमा पनि धेरै कमजोरी छन्’ सांगठनिक रुपमा बहुत धेरै कमजोरीहरू छन् । तर, आज यो सारा सन्नाटामा एउटा राम्रो कुरा के हो, जुन कुरा हामीले दाबी गर्दै आएको छौं ।’ उनले भने ।

सैद्धान्तिक रुपमा आजको युगको समस्या के हो भन्ने कुरा एकीकृत समाजवादी पार्टीले टुंग्याएको बताए । ‘ यसको कुनै च्यालेन्ज छैन। यसको कुनै अर्को उत्तर अरुले दिएको छैन। यस अर्थमा सैद्धान्तिक रुपमा हामी ठिक ठाउँमा टेकेका छौ ।’

 

 

वि.सं.२०८० असार २३ शनिवार १६:१८ मा प्रकाशित

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...