back
CTIZAN AD

चीनमा हुने १९औं एसियन खेलकुदमा ‘भिभो’ आधिकारिक आपूर्तिकर्ता हुने

वि.सं.२०८० असार २७ बुधवार

588 

shares

काठमाडौं । ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोे चीनमा हुने १९औं एसियन खेलकुदका लागि मोबाइल फोनको आधिकारिक आपूर्तिकर्ता हुने भएको छ । जुन १५ मा होङझाव एसियन खेलकुदको १०० दिनको काउन्टडाउनको शुरुवात भएको थियो ।

सोही अवसरमा हस्ताक्षर समारोहमा यसबारे अन्तिम टुंगो लागेको हो । सो क्रममा होङझाव एसियन खेल आयोजक समितिका उप–महासचिव तथा कार्यकारी निर्देशक माओ गेन्होङ, समितिका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उप–प्रमुख सु जियान फेङ, समितिकै बजार विकास विभागका उप–प्रमुख डु मेङफेई र ये होङ तथा भिभो चीनका भाइस प्रेसिडेन्ट (ब्रान्डिङ) जिया जिंगडोंग लगायत अन्य अतिथिहरू उपस्थित थिए ।

यस १९औं एसियन खेलकुद चीनको हाङ्चोउमा २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म ४५ राष्ट्रको सहभागितामा हुनेछ । एसिया महादेशकै सबैभन्दा ठूलो बहु–खेलकुद कार्यक्रमको रूपमा रहेको यस होङझाव एसियन खेलकुदले सम्पूर्ण एसिया भरी खेलकुद मार्फत एकता र सौहार्दताको बातावरण बनाउनेछ ।

हस्ताक्षर समारोहमा बोल्दै हाङ्चोउ एसियन खेल आयोजक समितिका उप–महासचिव तथा कार्यकारी निर्देशक माओ गेन्होङले भने, ‘होङझाव एसियन खेलकुदकोे अवसरमा भिभोसँगको साझेदारीको लागि हामी निकै उत्सुक छौँ । खेलकुद कार्यक्रममा भिभोको बृहत् अनुभव र नवीन प्रविधियुक्त उत्पादनहरूका साथ प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्ने भिभोको प्रतिबद्धता सँग–सँगै हामी पनि यस कार्यक्रमलाई प्रवद्र्घन गर्न र दर्शकहरूसँग बलियो र प्रभावकारी सम्बन्ध स्थापना गर्न सक्षम हुनेछौँ भन्नेमा हामीलाई विश्वास छ ।’

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘१९औं एसियन खेलकुदले हाङ्चोउको सांस्कृतिक र खेलकुद आकर्षणलाई एशिया र सम्पूर्ण विश्वमा देखाउँछ । १९औं एसियन खेलकुदको आधिकारिक मोबाइल फोन आपूर्तिकर्ता र आधिकारिक इ–स्पोर्ट्स गेमिङ फोनको रूपमा भिभोले प्रोफेसनल इमेजिङ टेक्नोलोजी र एक वास्तविक इ–स्पोर्ट्स अनुभवलाई एकै ठाउँँमा ल्याउँदै खेलकुद मार्फत एकताको भावना बढाउन र यस खेललाई अझ भव्य बनाउन मद्दत गर्नेछ ।’ विगतका वर्षहरुमा पनि भिभोले सुदिरमान कप, एनबिए, फिफा वल्र्डकप र युइएफए युरो जस्ता थुप्रै प्रतिष्ठित खेलकुद कार्यक्रमहरूमा सहकार्य गरेको थियो ।

वि.सं.२०८० असार २७ बुधवार ०८:५० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...