back
CTIZAN AD

बिजबेल र फ्रान्सको बिडब्लूआईबीच रणनीतिक साझेदारीमा सम्झौता

वि.सं.२०८० असार २७ बुधवार

594 

shares

काठमाडौं । जलविद्युत विकासमा अग्रसर निजी क्षेत्रको कम्पनी बिजबेल प्रालि र जलस्रोत क्षेत्रमा कार्यरत ब्ल्यू वाटर इन्टेलिजेन्स (बिडब्लूआई) नामको फ्रेन्च कम्पनीबीच पेरिसमा एक रणनीतिक साझेदारीमा सम्झौता भएको छ ।

सम्झौतामा बिजबेलका संस्थापक सुशील पोखरेल र बिडब्लूआईका प्रमुख कार्यकारी अधिकृत जेरेमी फ्यानले हस्ताक्षर गरेका छन् ।

नेपालको जलस्रोत विकास तथा पूर्वानुमानका क्षेत्रमा यो सम्झौता एउटा कोशेढुंगा साबित हुने विश्वास गरिएको छ ।

किनकि, यसले पानीको अध्ययन, अनुगमन र संरक्षणमा बढ्दै गएको चुनौतीलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा छ ।

सम्झौतापछि बिजबेलका संस्थापक पाखरेलले बिडब्लूआईको उच्च आधुनिक प्रविधिबाट नेपालका नदीहरूमा प्रवाह हुने हाइड्रोलोजीको सही मापन गर्न सकिने बताए । ‘यसबाट हामीले हाइड्रोलोजीको सही तथ्यांक प्राप्त गर्न सक्नेछौं र जसले वास्तविक ऊर्जा उत्पादनको सही प्रक्षेपण गर्न ठूलो मद्दत पुग्नेछ’, उनले भने, ‘यसबाट हाम्रो विद्युत खरिदकर्तालाई समेत आफूले प्राप्त गर्ने विद्युतको लेखाजोखा गर्न सहयोग पुग्छ ।’

यसैगरी, बिडब्लूआईका प्रमुख कार्यकारी अधिकृत फ्यानले नेपालको जलविद्युत क्षेत्रमा काम गरिरहेको लोकप्रिय कम्पनीसँग साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरे । दक्षिण एसियामा जनसांख्यिक वृद्धिका कारण सामाजिक संकट टार्न जलविद्युत विकास अपरिहार्य रहेको पनि उनले बताए । ‘जलविद्युत एक नवीकरणीय ऊर्जा भएको हुँदा यस क्षेत्रको विकासमा बिजबेलको समेत आफ्नै विज्ञता छ, जुन दिगो क्षेत्रीय विकासको महत्वपूर्ण कडी हुन सक्छ’, उनले भने, ‘बिज बेलसँग जोडिएर दक्षिण एसियाको स्वच्छ ऊर्जामा काम गर्न पाउनु हाम्रा लागि पनि सुखद पक्ष हो ।’

नेपालपछि बिजबेलसँगको साझेदारीमा अफ्रिकी देशहरूमा जलविद्युत विकास गर्ने लक्ष्य रहेको पनि फ्यानले बताए । सोही क्रममा एसिया तथा दक्षिण प्रशान्त क्षेत्रको व्यापार हेर्ने संयोजक जिन फ्रान्कोइस अम्ब्रोसियोले बिजबेलसँगको साझेदारीले नेपाल जस्तो हिमाली देश जहाँ जलविद्युत उत्पादनको प्रचुरता छ, त्यहाँ काम गर्न पाउने अवसरको सही सदुपयोग हुने बताए । यस क्षेत्रमा नेपाली कम्पनीसँग साझेदारी गर्न पाएकोमा पनि उनले खुसी व्यक्त गरे ।

बिडब्लूआई भूमिगत जलभण्डारको अनुगमन, अन्तरदेशीय पानीको गुणस्तर मापन र नदीको बहावको पूर्वानुमानका क्षेत्रमा काम गर्ने विश्वस्तरकै चर्चित कम्पनी मानिन्छ । जलस्रोत व्यवस्थापनको क्षेत्रमा यस कम्पनीले पृथ्वीमा उपलब्ध तथ्यांकलाई कृत्रिम बौद्धिकता मार्फत विभिन्न देशका सरकार र सम्बद्ध कम्पनीहरूलाई सहयोग गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

वि.सं.२०८० असार २७ बुधवार ०८:५४ मा प्रकाशित

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...