back
CTIZAN AD

आन्तरिक पर्यटकको आकर्षण बढ्दै गाईघाट झरना

वि.सं.२०८० असार २८ बिहीवार

666 

shares

ढोरपाटन । बागलुङको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्यको एक हो ताराखोलाको गाईघाट झरना । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । बाह्रै महिना सफा पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ । गाउँपालिकाको प्रवेशद्वारमै रहेको यस झरनाले आगन्तुकलाई स्वागत गरिरहेको छ । गाउँपालिकाले झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकास गरेपश्चात् यहाँ पर्यटकको आगमनमा वृद्धि भएको छ ।

झरनालाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउनका लागि ताराखोला गाउँपालिकाले हरेक वर्ष भौतिक पूर्वाधार निर्माणलाई जोड दिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले झरनासम्म पुग्ने गरी दरमखोलामाथि ट्रस पुल निर्माण गरेको छ भने तालसमेत निर्माण गरेको छ । चालु आर्थिक वर्षमा विनियोजन गरेको पाँच लाख रुपैयाँबाट झरना वरपरका क्षेत्रमा सोलार बत्तीसमेत जडान गरेको ताराखोलाका उपाध्यक्ष भीमबहादुर रोकामगरले जानकारी दिए ।

पहिले सडकदेखि झरनासम्म जोड्ने गरी निर्माण भएको झलुङ्गे पुल बाढीले बगाएपछि यस वर्ष नयाँ पुल निर्माण गरिएको उनको भनाइ छ । झरनाको सौन्दर्यकरणका लागि गाउँपालिकाले आगामी वर्षका लागि हरियाली पार्क निर्माणका लागि रु १५ लाख र पदमार्ग निर्माणका लागि रु १० लाख विनियोजन गरेको उपाध्यक्ष रोका मगरले बताए ।

उनले भने, “अहिलेसम्म झरनाको अवलोकन उज्यालोको समयमा मात्रै गरिन्थ्यो, अब झरनाको रातको समयमा पनि अवलोकन गर्न सकिन्छ, अहिले सोलार बत्ती जडान भएको छ, पहिलेको तुलनामा अहिले धेरै पूर्वाधार निर्माण भइरहेका छन्, हामीहरुले पनि धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी झरनाको सौन्दर्यकरण गर्ने र त्यस वरपर विभिन्न किसिमका संरचना बनाउने योजनामा छौँ, थप व्यवस्थित बनेपछि पर्यटक पनि बढी आउनु हुनेछ ।

पाँच वर्ष अगाडिको तुलनामा अहिले झरनाको स्वरुपमा धेरै परिवर्तन आएको स्थानीय अम्मरबहादुर नाइसाले बताए । घर्तीले चार वर्ष अगाडिसम्म सुनसान रहेको झरनामा अहिले दैनिक ५०\६० जनाभन्दा बढी पर्यटक आउने गरेको उनको भनाइ छ ।

बिदाको समय र चाडपर्वका बेला तीन सयको हारहारीमा पर्यटक आउने गरेको नाइसा बताउछन् । झरनाले गर्दा मध्यपहाडी लोकमार्ग हुँदै ढोरपाटन र पातीहाल्ने जाने पर्यटक पनि यहाँ आउन थालेको उनको भनाइ छ ।

“यो झरना धेरै वर्ष पुरानो हो, पहिले झरना हुँदै हिँड्ने यात्रुले पानी पिउने ठाउँ थियो, अहिलेको जस्तो यस्तो चर्चित थिएन, पहिला यो झरना ओझेलमा थियो, ताराखोला आउने र ताराखोलाबाट बजार झर्नेले मात्रै यो झरना देख्ने गर्थे, बाहिरी मान्छे आउँदैनथे, अहिले धेरै मान्छे आउन थालेका छन्”, उनले भने, “ठाउँ अलिकति विकट थियो, यस्तो ठाउँमा पर्यटक आउलान् भन्ने त हामीले सोचेका थिएनौँ तर यति धेरै पर्यटक आउन थाले, झरनाको फेद त कहिल्यै पनि खाली भएन, सबै भरिभराउ, यहाँ खाजा खाने र आराम गर्ने स्थल निर्माण गर्नसके अझै धेरै पर्यटक आउने थिए ।”

वि.सं.२०८० असार २८ बिहीवार १३:३६ मा प्रकाशित

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...