विजय थापा । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस क्षेत्रमा दशैं तिहार उत्सव (फेस्ट)२०२३ हुने भएको छ ।
गतबर्ष ऐतिहासिक रुपमा अपार सफलताको साथ सम्पन्न हुन् सकेको दशैं तिहार उत्सव पुन यो बर्ष पनि आयोजना गरिने भएको छ ।
उक्त उत्सवका बजारव्यवस्था निर्देशक सुरेश सापकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा संक्षेपमा यस बर्ष डिटी फेस्ट २०२३ नाम दिइएको छ । यसलाई नेपाली संस्कृति, कला, संगीत र थपको उत्सव भनि संज्ञा दिइएको छ ।
हामी नेपाली संस्कृति, कला, संगीत, खाना र खानाको उत्सव डिटी फेस्ट २०२३ घोषणा गर्न पाउँदा उत्साहित भएका छौ भनि बिज्ञप्तिमा उल्लेखछ ।
उत्सव अक्टोबर १४,२०२३ का दिन भर्जिनियाको प्रिन्स विलियम काउन्टीको फेयरग्राउन्ड नामक खुला मैदानमा आयोजना हुन लागेको हो । यो परिवार–मैत्री कार्यक्रम ई–इन्टरटेनमेन्टद्वारा आयोजना गर्न लागिएको हो जसले विगत दुई दशकदेखि वाशिंगटन डिसी महानगर क्षेत्रमा नेपाली समुदायमा व्यावसायिक कार्यक्रमहरू सफलतापूर्वक गर्दै आएको छ ।
दुई दशकको अनुभव र स्रोतहरूका साथ कार्यक्रमलाई भव्य रूपमा सफल बनाउने योजनामा रहेको समेत बिज्ञप्तिमा जनाईएको छ ।
उत्सवमा विभिन्न गतिविधिहरूका साथै दर्शकहरूलाई विभिन्न कार्यक्रममार्फत् मनोरञ्जन प्रदान गरिने छ । सहभागीहरूले रंगीन चङ्गा उत्सव, कला प्रदर्शनी, स्वादिष्ट खाना र पेय पदार्थ, प्रदर्शनमा राखिएका विक्रेताहरूसंगको किनमेल, प्रत्यक्ष संगीत प्रदर्शनहरू लगायतका थुप्रै कार्यक्रमहरुबकाट लाभ लिनेछन् ।
डिटि फेस्ट २०२३ ,अक्टोबर १४,२०२३ का दिन १२ बजे बिहान राती १० बजेसम्म भर्जिनियाको प्रिन्स विलियम फेयरग्राउन्डमा हुने भएकोले सबैलाई उपस्थितिको लागि आह्वान साथै आयोजकले अनुरोध गरेका छन् ।
थप जानकारीको लागि आधिकारिक संजालस्थल (वेबसाइट )www.dtfest2023.com मा जान सकिने छ ।
वि.सं.२०८० असार २८ बिहीवार १३:०२ मा प्रकाशित






























