back
CTIZAN AD

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्दै सिटिजन लाइफ

वि.सं.२०८० असार ३१ आइतवार

855 

shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्दैछ । कम्पनीले आज (आइतबार असार ३१) बाट १ सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल जारी पूँजी ३ अर्ब ७५ करोडको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार बराबरमन ५ लाख ६२ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुका लागि निष्काशन गरिनेछ ।

कम्पनीले १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता शेयर श्रम स्वीकृती लिएर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्न लागेको हो । आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओका लागि आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम् ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०८० असार ३१ आइतवार १०:४१ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...