back
CTIZAN AD

अमेरिका बन्दुक काण्डमा चार जनाको हत्या, बितेका छ महिनामा २८ वटा घटनामा एक सय ४० को हत्या

वि.सं.२०८० असार ३१ आइतवार

690 

shares

वासिङ्टन ।  अमेरिकाको जर्जिया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

जर्जियाको राजधानी एट्लान्टाबाट ४५ किलोमिटर टाढा दक्षिणपश्चिमी हेनरी काउन्टीको ह्याम्पटनको डगवुड लेक्स क्षेत्रमा गोली हानाहानमा तीन जना पुरुष र एक महिलाको हत्या भएको हो ।

एकचालिस वर्षीय आक्रमणकारी आन्द्रे लङ्मोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । निजका बारेमा जानकारी भएमा प्रहरीलाई सम्पर्क गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ । प्रहरीले सामाजिक सञ्जालमा जारी गरेको सूचनामा निजको नजिक जानुको सट्टा प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

यो वर्ष अमेरिकामा बन्दुक हिंसाका तीन सय ८२ घटना भएका गैरनाफामुखी समूह ‘गन भइलेन्स’ले आफ्नो पछिल्लो प्रकाशनमा उल्लेख गरेको छ ।

यसैबीच, अमेरिकी समाचार संस्था एपीले बन्दुक हिंसाबारे प्रकाशन गरेको एक समाचारमा यो वर्ष बितेका छ महिनामा भएका आम नरसंहारका २८ वटा घटनामा एक सय ४० जनाले ज्यान गुमाएका जनाइएको छ ।

रासस /सिन्ह्वा

वि.सं.२०८० असार ३१ आइतवार १५:०६ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...