back
CTIZAN AD

जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

वि.सं.२०८० साउन ५ शुक्रवार

1K 

shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बिहान सुरु भएको छ । बैठकमा नेताहरूको जिम्मेवारी हेरफेर तथा पार्टी त्याग गरेका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने विषयमा टुङ्गो लाग्ने छ ।
एकीकृत समाजवादीमा उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज पद रिक्त छ । पुष्पलाल स्मृति प्रतिष्ठानमा एक सातादेखि जारी बैठक आज सम्पन्न हुने बताइएको छ । सबै नेताहरूले धारणा राख्ने क्रम सकिएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले वर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका साथै आगामी कार्ययोजनाबारे प्रतिवेदन प्रस्तुत गरेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।
अध्यक्ष नेपालको प्रतिवेदनमा सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीतिबारे उल्लेख छ । समसामयिक राजनीतिक विषयका साथै समाजवादी व्यवस्थामा पार्टीले अवलम्बन गर्नुपर्ने रणनीति समावेश गरिएको प्रतिवेदनमा वामपन्थी दलको समाजवादी मोर्चाको आवश्यकता, समान विचार भएका वामशक्तिको एकताको खाँचोमा जोड दिइएको छ । बैठकमा जनवर्गीय सङ्गठनका कार्यसम्पादन, आगामी कार्ययोजना, सरकारलाई प्रभावकारी बनाउने विषय, पार्टीको महाधिवेशनलगायत मुद्दामा छलफल भएको पोलिटब्यूरो सदस्य पन्तले बताइन्।
रासस/फाइल फोटो

वि.सं.२०८० साउन ५ शुक्रवार १०:१९ मा प्रकाशित

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार कुमार बेन र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार...

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

६ वर्षमा काठमाडौँ महानगरको आन्तरिक आय १२ अर्ब नाघ्यो, घरजग्गा रजिस्ट्रेसनमा लक्ष्यभन्दा बढी सफलता

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आन्तरिक राजस्व संकलन पछिल्ला ६ वर्षमा...

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

पुष्पलाल स्मृति दिवसका अवसरमा वामपन्थी दलहरूको भूमिकाका विषयमा गोष्ठि हुँदै

काठमाडौं । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्र...

ग्यास सिलिन्डर लिक भएर आगलागी, तीन जना कामदार गम्भीर घाइते

ग्यास सिलिन्डर लिक भएर आगलागी, तीन जना कामदार गम्भीर घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक उद्योगमा ग्यास लिक...

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाह नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...