७ बैशाख, काठमाडौं । च्याम्पियन्स लिगको क्वाटर फाइनलबाट बार्सिलोना बाहिरिएको छ । बुधबार राती सम्पन्न खेलमा बार्सिलोना र युभेन्ट्सले गोलरहित बराबरी खेले । पहिलो लेगमा ३-० ले बिजयी युभेन्ट्स समग्रमा ३-० को जित निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो । यसरी नै च्याम्पियन्स लिगको सेमिफाइनल पूरा भएको छ । सेमिफाइनलमा रियल म्याड्रीड, एट्लेटिको म्याड्रीड, मोनाको र युभेन्टसले आफ्नो स्थान सुरक्षित गरिसकेका छन ।
वि.सं.२०७४ वैशाख ७ बिहीवार ०२:४३ मा प्रकाशित
























