back
CTIZAN AD

सुन तस्करी प्रकरण : सरकारविरुद्ध आक्रामक हुने एमाले संकेत

वि.सं.२०८० साउन ९ मंगलवार

951 

shares

काठमाडौं । विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएको घटनालाई लिएर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सरकारविरुद्ध आक्रामकरुपमा प्रस्तुत हुने संकेत गरेको छ । सरकारको ‘गैरजिम्मेवार’ शैलीले हद नाघेको एमालेको आरोप छ । सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्तिप्रति एमालेले गम्भीर आपत्ति पनि जनाएको छ ।

कम्बोडिया भ्रमणबाट फर्केका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्य दोषीलाई उम्काउन सरकारले प्रञ्पच रचिरहेको आरोप लगाए । सुन तस्करी प्रकरणमा गृहमन्त्रीकै संलग्नता त होइन भनि उनले प्रश्न उठाए । अध्यक्ष ओलीले गृहमन्त्रीविरुद्ध राजीनामा नै माग्ने गरी संसद तताउने संकेत गरेका छन् ।

“गृहमन्त्रीले बताउन पर्‍यो सुन प्रकरणमा उहाँको संलग्नता छ कि छैन ? सानोतिनो संलग्नताबाट त यो काम भएको छैन होला ! उहाँको चाहिँ संलग्नता छ कि छैन ? छैन भने कोचाहिँ संलग्न छ ?”, ओलीको प्रश्न छ, “यत्तिकै ‘कोट’का गालामा कांक्राको बियाँ टाँस्ने होइन, म उहाँलाई सचेत गराउन चाहन्छु ।”

केही मिडिया दुरुपयोग गरेर सुन तस्करी प्रकरणलाई विषयान्तर गर्न खोजिएको ओलीको आरोप छ । तर, एमालेले यत्तिकै नछाड्ने उनले बताए ।

“उता आकाशतिर चिल देखाएर यता के छोप्प लुकाउन खोजिँदैछ ? अब यो सुनकाण्डको नतिजा अन्तिमसम्म नपुर्‍याउँदासम्म हामी पनि छोड्दैनौं, गृहमन्त्रीलाई थाहा होस्”, ओलीले भनेका छन् ।

संसद बैठकमा विषय गम्भीररुपमा उठ्छ– प्रमुख सचेतक

बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा सुन प्रकरणको सन्दर्भमा एमालेले सरकारको जवाफ माग्ने तयारी गरेको छ ।

एमालेको प्रमुख सचेतक पदम गिरी सुन प्रकरणको जवाफ सरकारले अनिवार्य दिनुपर्ने बताउँछन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका र अभिव्यक्तिको पनि जवाफ माग्ने उनले बताए ।

यसअघि एमालेले विभिन्न सन्दर्भमा संसद अवरुद्ध गर्दै आएको छ । सुन प्रकरणको विषयमा पनि एमालेले जवाफ नदिएसम्म संसद अवरुद्ध गर्नसक्ने संकेत गरेको छ । पार्टी अध्यक्ष ओलीले प्रष्टैरुपमै ‘यत्तिकै नछाडिने’ बताएका छन् । यसअघि नै एमालेले सडकबाटै गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेको थियो ।

वि.सं.२०८० साउन ९ मंगलवार १२:४६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...