back
CTIZAN AD

झन्डै सात वर्षसम्ममा पनि निर्माण सम्पन्न भएन गोरखामा ‘सिटीहल’

वि.सं.२०८० साउन १२ शुक्रवार

762 

shares

गोरखा  । गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन सिटीहलको काम झन्डै सात वर्ष बितिसक्दासमेत अझै अपूरो छ । निर्माण कम्पनीले विसं २०७४ माघमा तीन वर्षभित्रमा सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको सिटीहल निर्माणको काम अहिलेसम्म ६० प्रतिशतमात्र सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख सुरज पौडेलले बताए ।

ठेक्का सम्झौताको चौथोपटक थपिएको म्यादसमेत सकिनै लागेको छ । यसका लागि कार्यालयले कम्पनीसँग रु ३० करोड ८० लाख ९० हजार नौ सय ३२ मा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले २०७७ माघ १० गतेभित्र कम्पनी काम सम्पन्न गर्नुपर्ने थियो ।

“बेसमेन्ट, फाउन्डेसन निर्माणमा भिरालो जमिनका कारण कठिनाइ भएकाले तोकेको भन्दा बढी समय लागेको र काममा ढिलाइ भएको भएको हो”, उनले भने, “कोरोना सङ्क्रमण र त्यसपछि आर्थिक मन्दीसँगै सभाहलमा ट्रष्टको डिजाइन सुरुभन्दा पछि फरक पर्न जाँदा र डिजाइन परिवर्तन गर्नुपरेकाले ढिलाइ हुनपुगेको हो ।”

चौथोपटक थपिएको म्याद सकिन लागेकाले अब अन्तिम पटक म्याद थपका लागि मन्त्रालयमा पठाइएको उनले जानकारी दिए । “यदि म्याद थपिएको एक वर्षभित्रमा पूरा हुनुपर्छ”, एकाइ पौडेलले भने, “सबै काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीले थप एक वर्ष समय मागेको छ ।” गोरखा सदरमुकामको नयाँ बसपार्कमा झन्डै १२ रोपनी जग्गामा सिटीहल निर्माण भइरहेको छ ।

उक्त सिटीहल सात सय ६२ अट्न सक्ने क्षमताको छ । “बालकुुनेमा दुई सय जनाको क्षमता हो भने मुख्य हलमा पाँच सय ६२ जनाको क्षमता भएको हल निर्माण गर्न लागिएको छ”, उनले भने, “त्यस हलमा मल्टिप्रपोज हल, बालकुने, इलोक्टोनिक रुम, गार्डरुम र शौचालय बनिसकेको छ ।”

अबको एक वर्षभित्रमा सबै निर्माणको काम सम्पन्न गरी सिटीहल गोरखा नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाइएको उनले जानकारी दिए । निर्माण कम्पनीलाई पेश्कीस्वरुप झन्डै रु २२ करोड भुक्तानी भइसकेको सङ्घीय आयोजन कार्यान्वयन एकाइ कास्कीले जनाएको छ ।

निर्माण कम्पनीका व्यवस्थापक श्रवणकुमार कुशवाहले सबै काम लगभग अन्तिम चरणमा रहेको र बाँकी ‘स्टक्चर’अनुसार काम भइरहेको जानकारी दिए । ‘बेस्टमेन्ट’ र ‘फाउन्डेसन’का कारण छ–सात महिनासम्म पनि काममा गति दिन नसक्दा निर्माणमा ढिलाइ भएको उनकोभनाइ छ ।

 

वि.सं.२०८० साउन १२ शुक्रवार १२:१८ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...