back
CTIZAN AD

खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली

वि.सं.२०८० साउन १७ बुधवार

750 

shares

रोल्पा । सुनछहरी गाउँपालिका–२ भित्रीगाममा विद्युत्का खम्बा गाडेको पाँच वर्षसम्म पनि बिजुली बलेको छैन । अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भयो भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म बिजुली नबल्दा निरास भएका छन् ।

“वडा नं २ का करिब चार सय घरधुरीमा विद्युत् विस्तार गर्ने योजनानुसार पाँच वर्षअघिदेखि काम थालनी भए पनि अहिलेसम्म बिजुली बाल्न पाएका छैनौँ”, स्थानीय अमन बुढामगरले भने, “खम्बा गाडेर तार झुन्ड्याएको छ, सुरु–सुरुमा विद्युत् आउने आशा लाग्थ्यो, अब आशा पनि मर्न लागिसक्यो ।”

झिम्रुक जलविद्युत् आयोजनाअन्तर्गत केन्द्रीय प्रसारण लाइनबाट उक्त लाइन विस्तार गर्न लागिएको हो । विद्युत् विस्तारको जिम्मा लिएको मुख्य निर्माण कम्पनीले साना–साना निर्माण व्यवसायीलाई काम दिँदा योजना निर्माणमा ढिलाइ भएको स्थानीयको भनाइ छ । पेटीमा काम दिँदा समयमै विद्युत् विस्तार हुन नसकेको स्थानीय मनपती विकले बताए ।

जनआवाज प्राथमिक विद्यालय झेल्कुङका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकका अनुसार विद्युत् नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । “हुनेखानेको घरमा सोलार छ, त्यसैको उज्यालोले काम चल्छ, गरिब विपन्नको घर सधैँ अन्धकार हुन्छ”, उनले भने, “सोलारले पनि कहिले काम गर्ने कहिले नगर्ने समस्या भइरहन्छ ।”

भित्रीगाम रोल्पाको सबैभन्दा दुर्गम वडा हो । जिल्ला सदरमुकाम लिवाङबाट २८ कोश टाढा रहेको उक्त वडामा सुनछहरी गाउँपालिको केन्द्र पोवाङबाट समेत एक दिनको पैदलयात्रा गर्नुपर्छ । जिल्लाका अधिकांश वडा कार्यालयसम्म सडक सञ्जाल जोडिए पनि सो वडामा अझैसम्म सडक सञ्जाल जोडिएको छैन । विद्युत्, सडकमात्रै होइन उक्त वडा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत र अत्यावश्यक सेवाबाट समेत टाढा छ ।

माध्यमिक तहको विद्यालय नहँुदा यहाँका विद्यार्थी पाँच घन्टा पैदलयात्रा गरी अर्को वडामा रहेको विद्यालयमा अध्ययन गर्न जाने गर्दछन् । मगर र दलित समुदायको बाहुल्यता भएको सो वडा स्वास्थ्य सुविधाबाट समेत बञ्चित छ । वडामा दुई सामुदायिक स्वास्थ्य एकाइ रहे पनि स्वास्थ्यचौकीको सेवा लिन पाँच घन्टाको पैदलयात्रा गरेर बाहिरी गाम जानुपर्छ । file photo

 

वि.सं.२०८० साउन १७ बुधवार १४:५७ मा प्रकाशित

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...