back
CTIZAN AD

‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ केयूको उत्पादन लक्ष्य

वि.सं.२०८० साउन १८ बिहीवार

1.3K 

shares
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूले यसका लागि ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’को अवधारणासमेत अघिसारेको छ ।
केयूद्वारा बुधबार आयोजित ‘नेपालमा खानी इन्जिनियरको महत्व, उपयोगिता तथा शैक्षिक अनुसन्धान’ विषयक अन्तक्र्रियामा उपकुलपति प्रा डा भोला थापाले नेपालको सुन्दरता जोगाइराख्न डाँडा बचाइ खानी सञ्चालन गर्ने प्रविधिका लागि खानी इन्जिनियरको आवश्यकता परेको बताए । उनले भने, “नेपालमा रहेका खानीजन्य उद्योगमा खानी इन्जिनियरको अभाव पूर्तिका केयूले एक स्थानीय तह, एक माइनिङ इन्जिनियरको अवधारणा अघि सारेको हो ।”
थापाका अनुसार केयूले चालु शैक्षिक सत्रदेखि भू-विज्ञान तथा ‘माइनिङ इन्जिनियरिङ’ को चारवर्षे अध्यापनको तयारी थालेको छ । उनले हाललाई काभ्रेपलाञ्चोकलगायत केही जिल्लाका स्थानीय तहले कम्तिमा एक जना भए पनि विद्यार्थीलाई माइनिङ इन्जिनियरिङ अध्ययनमा पठाउन आग्रह गरे ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले नेपालमा औँलामा मात्रै गन्न सकिने खानी इन्जिनियर रहेको उल्लेख गर्दै एक सय ६० प्रकारका खनिज उद्योग रहेको तथा उही सङ्ख्यामा अन्य बहुमूल्य खानीको सम्भावना रहेको बताए । “नेपालका खानीजन्य उद्योगमा कतैपनि माइनिङ इन्जिनियर छैनन्, विभागमा त चार जना मात्रै छौँ, यस विषयमा निकै अवसर छ”, उनले भने । उनले निर्माण सामग्रीबाट नेपालमा वार्षिक रु सात अर्ब राजस्व उठ्ने गरेको जानकारी दिँदै त्यस्ता सामग्री निर्यात गर्नसके वार्षिक रु १३ खर्ब आम्दानी भई एक वर्षमै वैदेशिक व्यापार घाटा पूर्ति गर्न सकिने बताए ।
नेपाल इन्जिनियरिङ परिषद्का उपाध्यक्ष डा विकास अधिकारीले नेपालका विश्वविद्यालयमा अध्ययन गरेको जनशक्ति विदेश पलायन भइरहेको समस्याको गहिरो अध्ययन जरुरी रहेकाले नेपालमा आवश्यक जनशक्तिका लागि नयाँ प्रविधियुक्त शिक्षणको आवश्यकता औँल्याए । “माइनिङ इन्जिनियरिङ विषय नयाँ खोज र अनुसन्धानात्क विषय पनि हो, यसमा स्थानीय तहले सहयोग गर्नुपर्छ”, उनले भने । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले स्थानीय तहसँगको समन्वयमा माइनिङ इन्जिनियरको अध्ययनका लागि विद्यार्थी व्यवस्थापनमा जुट्ने बताए ।
विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागका प्रमुख डा श्यामसुन्दर खड्काले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा आवश्यक खानी इन्जिनियर भारत र चीनबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न नेपालमै उक्त जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उनका अनुसार नेपालमा हालसम्म ७० वटा बहुमूल्य खानी दर्ता भएको तथा आठ प्रतिशतका दरले नेपालमा खानीजन्य उद्योग बढिरहेको छ । केयूले माइनिङ इन्जिनियरिङ अध्यापनका लागि आफ्नै कम्पाउण्डभित्र दुई सय ३४ मिटर सुरुङ खनिरहेको खड्काले बताए । उनका अनुसार केयूका लागि प्रयोगशालामा आवश्यक पर्ने खानी सामग्री विश्वविद्यालय अनुदान आयोगले सहयोग गरेको छ ।
कार्यक्रममा स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलले विश्वविद्यालयमा खनिजको अन्वेषण, उत्खनन, प्रशोधन र उपयोगका लागि त्यसको गुणस्तरको सुनिश्चितता गर्नेबारे अध्यापन हुने बताए । उनका अनुसार विश्वविद्यालयले उक्त विषयमा वार्षिक ३० विद्यार्थीलाई अध्यापन गराउनेछ । उक्त विषय नेपालमा नै पहिलो पटक अध्यापन हुनेसमेत जनाइएको छ ।
यस्तै केयूले सुरु गर्न लागेको भू-विज्ञान तथा माइनिङ इन्जिनियरिङ विषयलाई गण्डकी विश्वविद्यालयले पनि सञ्चालन गर्न चासो देखाउँदै गत माघ दोस्रो साता केयूसँगै सम्झौता गरेको थियो । विज्ञका अनुसार नेपालका विभिन्न स्थानमा उद्योग तथा सामग्री निर्माणका लागि आवश्यक पर्ने चुनढुङ्गा, कोइला, रातो माटो, ग्रेनाइट, सिङ्गमर्मर, कोइला, सुन र बहुमूल्य र अर्ध-बहुमूल्य पत्थर (टुरमलाइन, एक्वामेरिन, रुबी र नीलमणि) रहेको छ ।
खानी तथा भूगर्भ विभागले हालसम्म नेपालमा २१ किसिमका धातु खनिज, २३ किसिमका औद्योगिक खनिज, छ किसिमका रत्नखनिज, नौ किसिमका निर्माणजन्य खनिज र चार किसिमका इन्धन खनिज गरी ६३ किसिमका खनिज रहेको तथ्य फेलापरेको जनाएको छ । कतिपय खनिजको विस्तृत अध्ययन भई परिमाणसमेत यकिन भइसकको छ भने कतिपय ठाउँमा खनिजमा आधारित उद्योगसमेत स्थापना भए र हुने क्रममा रहेको बताइन्छ ।
रासस

वि.सं.२०८० साउन १८ बिहीवार ०८:३७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...