back
CTIZAN AD

नबिल बैंकले गणपतीका डिलर र बिक्रेतालाई फाईनान्सिङ सुबिधा दिने

वि.सं.२०८० साउन १८ बिहीवार

1.2K 

shares

काठमाडौं । नबिल बैक लीमिटेडले गणपती बनस्पती लिमिटेडका आधिकारीक डिलर तथा बिक्रेताहरुलाई फाईनान्सिङ सुबिधा दिने भएको छ । बैंकले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपतीका आधिकारीक डिलर तथा बिक्रेताहरुलाई च्यानल फाईनान्सिङ सुविधा दिने भएको हो ।

मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पती लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्ष द्वय श्रबण कुमार मोर र राजकुमार मोर साथै कार्यकारी निर्देशकहरु अनन्ता मोर, क्रषिराज मोर, राजिब मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो भने बैकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरु मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाह लगायतका कर्मचारीको उपस्थिति थियो ।

नेपाल गुणस्तर चिन्ह प्राप्त सो उद्योगले सफारी र रामदेब ब्राण्डहरुमा प्रशोधित सन्फल्आओर तेल, सोयाबिन तेल, तोरी तेल र पामोलीन तेल बिक्री वितरण गर्दै आएकोमा हालै मात्र नेवारी प्लस ब्राण्डलाई पनि बजारमा ल्याएको छ । मेक इन नेपाल-स्बदेशी अभियानमा संलग्न, नेपालकै सबैभन्दा ठूलो घिऊ तेल उत्पादन गर्ने यस गणपती बनस्पती लिमिटेड सर्वाधिक निर्यातकर्ता भई लगातार तीन पटक सम्म नेपाल उद्योग परिसंघबाट सम्मानित पनि भएको छ ।

 

वि.सं.२०८० साउन १८ बिहीवार ०९:०४ मा प्रकाशित

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...