जर्मनी । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जर्मनीको अध्यक्षमा निनमम्मा राई निर्विरोध निर्वाचित भएकी छन् ।
परिषद्को नर्वौ राष्ट्रिय अधिवेशनले राईको नेतृत्वमा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
परिषद्को वरिष्ठ उपाध्यक्षमा लोकमणि ढकाल तथा उपाध्यक्षहरुमा मेनुका त्रिपाठि, राजेश सुनार, हेम शर्मा, दिपक देबकोटा, अर्जुन ओली र महिला उपाध्यक्षमा करुणा राई, महासचिबमा सिजन दाहाल, उपमहासचिवमा रुद्र केसी, सचिवद्धयमा राम कला पन्त, बलमान ओली, कोषाध्यक्षमा रबिन गौतम, सहकोषाध्यक्षमा लक्ष्मण जोशी, भाषा तथा साहित्य बालबालिका संयोजकमा मिरा अधिकारी, खेलकुद संयोजकमा कर्म तामाङ, इभेन्ट संयोजकमा इश्वर श्रेष्ठ, युवा संयोजकमा मनिश खनाल चयन भएका छन् ।

त्यसैगरी परिषद्को सदस्यहरुमा शिबकला गुरुङ, रबिन लामिछाने, राजेश लाल श्रेष्ठ, दिपक लामा, दिपक धिताल, मिना कार्की, लक्ष्मी नारायण रिजाल, खेमलाल बिक र दिपु गुरुङ चयन भएका छन् ।
त्यसैगरी आईसिसि सदस्यमा चन्द्रकान्त आचार्य चयन भएका छन् ।
वि.सं.२०८० साउन २३ मंगलवार १२:५८ मा प्रकाशित






























