पोखरा । पोखराका सामुदायिक विद्यालय र मन्टेश्वरी स्कुलहरु केही दिनका लागि बन्द हुने भएका छन् ।
पोखरा महानगरपालिकाका विभिन्न स्थानहरुमा मानिसमा आँखा पाक्ने रोगले अक्रान्त पारिरहेका कारण उक्त रोगको प्रभाव विभिन्न विद्यालयमा समेत परेकोले पोखरा महानगरपालिकाले सामुदायिक र केही मन्टेश्वरी स्कुल तीन दिनका लागि बन्द गर्न आग्रह गरेको हो ।
आँखा पाक्ने रोग आफैँमा संक्रमित रोग भएकाले संक्रमणको चक्रलाई रोक्नका लागि पोखरा महानगरपालिकाको २०८०/०४/२२ गतेको महानगरपालिका प्रमुखको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकको निर्णय अनुसार उक्त निर्णय गरिएको सूचनामा उल्लेखछ ।
‘निर्णायानुसार पोखरा महानगरपालिका अन्र्तगतका सम्पूर्ण सामुदायिक संस्थागत र मन्टेश्वरी स्कुलहरुमा समेत वर्षे÷हिँउदे÷स्थानीय विदाबाट कट्टा हुने गरी मिति २०८०/४/२४ गतेदेखि २०८०/४/२६ गतेसम्म ३ दिन विदा दिने निर्णय भएकाले सोहि अनुरुप विद्यालय बन्द गर्नुहुन सरोकारवालाहरु सबैमा जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।’ महानगरद्वारा जारी सूचनामा उल्लेछ ।
महानगरले सबै विद्यार्थीहरुलाई घरमा सुरक्षित तरिकाले बस्न लगाउने र अभिभावकलाई पनि संक्रमणबाट बच्नका लागि सूचना संप्रेषण गर्न समेत अनुरोध गरेको छ ।

वि.सं.२०८० साउन २३ मंगलवार १४:०१ मा प्रकाशित






























