back
CTIZAN AD

२० वर्ष अगाडिको घटनाका कारण अहिले पनि रातिमा निदाउदैनन् सेहरीवासी

वि.सं.२०८० साउन २३ मंगलवार

732 

shares

नवलपुर। बर्खामा लगातार झरी पर्न सुरु भएपछि नारायणी नदी किनारमा रहेको सेहरी गाउँका स्थानीयको निद्रा हराउँछ । करिब दुई दशकअघि नदीमा आएको बाढीका कारण तत्कालीन नारायणी, कोल्हुवालगायतका गाविसमा ठूलो क्षति पुगेको थियो ।

विसं २०५८ मा नारायणी नदीमा आएको बाढीबाट तत्कालीन नवलपरासीको नारायणी गाविसमा पर्ने सेहरी गाउँमा डुबान तथा कटानका कारण गाउँ नै स्थानान्तरण हुनुपरेको स्थानीयवासी स्मरण गर्छन् । हालको मध्यविन्दु नगरपालिका–२ मा पर्ने सेहरीका सीताराम महतोले २० वर्ष अगाडिको घटनाका कारण अहिले पनि पानी पर्दा रातिमा निद्रा नलाग्ने गरेको बताए ।

“विसं २०५८ मा नारायणी नदीमा ठूलो बाढी आएको थियो, गाउँमा नारायणी पसेपछि हेलिकोप्टरमार्फत मान्छेको उद्धार गरेको घटना हरेक वर्षको बर्खामा ताजा हुन्छ”, उनले भने, “त्यो बेला धान रोपाइँ गरिएको सयौँ बिघा जमिन, पशुचौपाया, घरमा रहेका अन्नबाली सबैमा क्षति पुर्याउँदा भोकमरीको स्थिति सृजना भएको थियो ।”

बाढीले गाउँमा क्षति पु¥याएपछि स्थानीयहरु नजिकको सुरक्षित स्थान विद्यालय तथा सामुदायिक भवनका साथै आफन्तको घरमा शरण लिन पुगेको महतोले स्मरण गरे । “अहिले पनि लगातार ठूलो पानी प¥यो भने हामी सुत्न सक्दैनौँ”, उनले भने, “फेरि नारायणीमा बाढी आएर हाम्रो उठिबास लगाउँछ कि भन्ने चिन्ताले रातदिन सताउने गरेको छ ।” बाढीले बस्ती नै विस्थापित गरेको केही वर्षपछि विस्तारै मानिसहरु आफ्नो ठाउँमा फर्किएका महतोको भनाइ छ ।

मध्यविन्दु–२ सेहरीका विफली बोटेले हिउँदभरि चिन्ता बिना नै दिनहरु जाने भए पनि बर्खा सुरु भएपछि आफूहरुको पीडाका दिनहरु सुरु हुने बताए । “बर्खा सुरु भएसँगै कति बेला नारायणी बढेर आउँछ र हाम्रो उठिबास लगाउँछ भन्ने चिन्ताले अझै पनि सताउने गरेको छ”, उनले भने । साउन लागेपछि असोज नलाग्ने बेलासम्म आफूहरु ढुक्कसँग निदाउनसमेत नसक्ने गरेको उनले बताए ।

“बेलुका सुत्दा त ठिकै सुतेका हुन्छौँ । तर, रातिमा नदी बढेर घरभित्रै आयो कि भन्ने पीडाले निद्रा नै लाग्दैन”, बोटले भने, “राति उठ्दा खाटमुनि पानी पसेको पो छ कि, कतै घर पो डुब्यो कि भन्ने पीडाले सताउने गरेको छ ।”

खासगरी नारायणी नदीको माथिल्लो तटीय क्षेत्रमा पानी परेको समाचार सुन्दा नदीमा बाढी आउँछ कि भन्ने चिन्ता आफूहरुको मनमा रहने गरेको उनको भनाइ छ । नारायणी नदीको दीर्घकालीन व्यवस्थापन गर्नका लागि सरोकारवालाहरुले चासो दिनुपर्ने स्थानीय बताउँछन् ।

मध्यविन्दु–२ का वडाध्यक्ष रामभक्त अधिकारीले नारायणी नदीको धेरै ठाउँमा तटबन्ध गरिएको बताए । “नारायणी नदी व्यवस्थापन कार्यालय चितवनले नदीको धेरै ठाउँमा ठक्कर दिएर नदीलाई बस्ती पस्नबाट जोगाउने कोसिस गरेको छ”, उनले भने, “यसरी नदी किनारमा ठक्कर दिएर मात्रै नदीको बाढी र कटान नियन्त्रण गर्न सकिँदैन, यसको दीर्घकालीन समाधान हुनुपर्छ ।” कार्यालयले चितवन र नवलपुरमा बराबर काम गर्ने गरी बजेट विनियोजन गरेको भए पनि नवलपुरतर्फ खासै काम नगरेको पाइएको उनले गुनासो गरे ।

“चितवनतर्फ बाढी र कटान रोक्नका लागि दीर्घकालीन काम भएको हामीले पायौँ तर हाम्रो नवलपुरतर्फ चितवनको जसरी काम नै सुरु भएको छैन”, उनले भने, “जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश र सङ्घीय सांसदको चासोमा नारायणी नदीको व्यवस्थापन नपर्दा पनि नदी तटीय बासिन्दाले बर्सेनि पीडा भोग्नुपरेको छ ।” नवलपुरतर्फ ठेक्का लगाएर पनि काम हुन नसकेको, नदीको किनारमा जालीमा ढुङ्गा भरेर ठक्कर दिने काम मात्रै भएको अधिकारीको भनाइ छ ।

मनसुनजन्य प्रकोपका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) उच्च जोखिममा रहेको जिल्ला हो । यहाँ मनसुनका कारण सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यविन्दु, गैँडाकोट, देवचुली र कावासोती नगरपालिका हुन् । त्यस्तै विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढी र पहिराको उच्च जोखिममा छन् । बाढी र पहिराका कारण यहाँ बर्सेनि ठूलो धनजनतको क्षति हुने गरेको छ ।

 

वि.सं.२०८० साउन २३ मंगलवार १३:५६ मा प्रकाशित

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण...

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने...