विराटनगर । माओवादी निकट संगठन वाइसिएल नेपालको केन्द्रीय सचिव डम्बर पुलामी कार्वाहिमा परेका छन् । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले उनलाई निलम्बन सहितको कार्वाहि गरेको हो ।
पुलामीलाई विभिन्न आर्थिक अपचलन तथा नेता तथा शुभचिन्तकहरुलाई अभद्र व्यवहार गरेकोभन्दै प्रदेश समितिले सच्चिएर आउन दुई महिनाको समय दिएको छ । सो समयसम्मा पनि सच्चिएर नआएमा उनको सबै जिम्मेवारीबाट वर्खास्त गर्न केन्द्रिय कार्यालयमा सिफरिस गर्ने बताइएको छ ।

पछिल्लो समय माओवादी केन्द्रमा अस्वस्थ गतिविधि झाँगिदै आएको चर्चाका विच कोशी प्रदेश समितिले यो स्टेप चालेको हो । माओवादी केन्द्रका अन्य नेताहरु पनि विभिन्न काण्डहरुमा मुछिएको सार्वजनिक हुँदै आएको छ ।
पार्टीले कार्वाहि गरेको विषयमा वुझ्दा पुलामीले अनविज्ञता प्रकट गरे ।
को हुन पुलामी ?
डम्बर पुलामाी माओवादीमा कर्माको नामले चिनिन्छन् । माओवादीको जनमुक्ति सेनामा काम गरेका पुलामीको जन्म ताप्लेजुङ् जिल्लाको आठराई त्रिवेणि गाउँपालिका सविकको हामपाङमा भएको हो । शान्ति प्रक्रियासंगै माओवादी सेनाको क्यान्टोनमेन्टमा वसेका पुलामीले सेना समायोजन हुने भएपछि स्वैच्छिक अवकास रोजेका थिए ।
अवकाश पश्चात माओवादी केन्द्रको विभिन्न समितिहरुमा जिम्मेवारी सम्हालेका उनी हाल माओवादी केन्द्रको प्रदेश समिति सदस्यको जिम्मेवारीमा छन् भने वाइसियल नेपालको केन्द्रिय सचिव तथा कोशी प्रदेशको इन्चार्जकाे जिम्मेवारीमा छन् । पुलामी झापा जिल्ला समन्वय समिति संयोजक राजु आचार्य निकट मानिन्छन् ।
वि.सं.२०८० साउन २३ मंगलवार १३:५३ मा प्रकाशित

























