back
CTIZAN AD

सेयर बजार राताम्मे, कुन कम्पनीको मूल्य कति घट्यो ?

वि.सं.२०८० साउन २३ मंगलवार

1.8K 

shares

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । मंगलबार २८.४० अंकले बजार घट्दै २०१९.८५ को बिन्दुमा ओर्लिएको छ ।

मंगलबार बजारसँगै कारोबार रकम पनि यसअघिभन्दा निकै घटेको छ । ४८ लाख ६० हजार ७४१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ७३ करोड ७० लाख १४ हजार रुपैयाँको भयो ।

यसअघि आइतबार र सोमबार पनि सेयर बजार घटेको थियो । बजार घटेको भएपनि कारोबार रकम भने दुई अर्ब माथि थियो ।

मंगलबार कारोबारमा आएका २२२ कम्पनीमध्ये १९८ कम्पनीको मूल्य घट्यो भने २२ कम्पनीको मूल्यमा केही बृद्धि भयो । दुई कम्पनीको मूल्य भने स्थिर रह्यो ।

समग्रमा नेप्सेका सबै इन्डेक्स राताम्मे बने । सबैभन्दा धेरै बीमा क्षेत्रमा गिरावट आयो भने यसअघि केही सुधारका संकेत देखिएका वाणिज्य बैंक र विकास बैंकमा पनि उच्च अंकको गिरावट आयो ।

उच्च अंककाले बजार घट्दा पनि स्वरोजगार लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल रिपब्लीका मिडियाको मूल्यमा पनि ९.९७ अंकले बढोत्तरी आएको छ । यस्तै, पिपुल्स हाइड्रो, एनआइबिएल प्रगति फण्ड, सपोर्ट माइक्रो फाइनान्सलगायतको मूल्यमा केही बृद्धि भएको छ ।

मंगलबार सबैभन्दा बढी आइएमइ लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एभरेष्ट बैंक लिमिटेडलगायतका कम्पनीको सेयर कारोबार उच्च रह्यो ।

वि.सं.२०८० साउन २३ मंगलवार १५:४७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...