back
CTIZAN AD

बसको ठक्करबाट १० गाई गोरु मरे, ४ पशु चौपाया घाइते

वि.सं.२०८० साउन २३ मंगलवार

777 

shares

कृष्णनगर । कपिलवस्तुमा गएराति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन् । जिल्लाको वाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट उक्त सङ्ख्यामा गाई गोरु मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडाैँबाट दाङ तुल्सीपुर जाँदै गरेको बसको ठक्करबाट पाँच गाई र पाँच गोरु मरेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । बसको ठक्करबाट चार वटा पशु चौपाया घाइते भएको प्रहरी निरीक्षक शाहीले बताए ।

गाईगोरुलाई ठक्कर दिने बस इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा रहेको छ । गएराति अध्यधिक पानी परेको र तीव्र गतिका कारणबीच गाईगोरु ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइते पशुको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सकले उपचार गरी जङ्गलतिर लागेको र अन्यको पोष्टमार्टम गरी गाडीएको गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

 

वि.सं.२०८० साउन २३ मंगलवार १५:५० मा प्रकाशित

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...