back

एमाले फर्किने चर्चा : खिमलालसँग रामकुमारी झाँक्रीको अन्तरंग छलफल

वि.सं.२०८० साउन ३२ बिहीवार

177 

shares

काठमाडौं । एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री र एमाले नेता खिमलाल भट्टराईबीच भेटघाट भएको छ । दुई नेताबीच बिहीबार भेटघाट भएको हो ।

एमाले नेता भट्टराईले झाँक्रीसँगको भेटघाटको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै ‘मिठो भेट र संक्षिप्त कुराकानी भएको’ बताएका छन् ।

झाँक्री एकीकृत समाजवादीभित्र असन्तुष्ट छिन् । उनी निकटस्थहरु एमालेमा प्रवेश गरिरहँदा उनको सन्दर्भमा पनि एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेको छ । झाँक्रीका अभिव्यक्ति पनि सोही कोणबाट आएका देखिन्छन् ।

एकीकृत समाजवादीभित्र भूमिकाबिहीन बनेकी झाँक्रीको पछिल्लो समय एमाले नेताहरुसँग एक्लाएक्लै भेटवार्ता बाक्लिँदो छ । विद्यार्थी संगठनमा सँगै रहेकी झाँक्रीको भट्टराईसँगको भेटवार्तालाई अर्थपूर्णरुपमा लिन सकिन्छ । भट्टराई र झाँक्री कुनै समय एमाले निकटको विद्यार्थी संगठनका नेता हुन् ।

वि.सं.२०८० साउन ३२ बिहीवार १५:०९ मा प्रकाशित

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर । मध्यवर्ती क्षेत्रका युवालाई संरक्षण सम्बन्धी प्रशिक्षण दिइएको छ...

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गर्नेलाई रु २० हजार जरिवाना

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई...

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो

बेनी (म्याग्दी) । म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा...

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञको तयारी

ढोरपाटन (बागलुङ) । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’...

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

तनहुँ बस दुर्घटना अपडेट : घाइते भएका दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको...

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

धरानबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनाहुँदा ३६ जना घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक...