back
CTIZAN AD

राष्ट्रपति पौडेलद्वारा सर्वदलीय बैठकको आव्हान

वि.सं.२०८० भदौ ३ आइतवार

1.2K 

shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

लामो समयदेखि संसदमा देखिएको अवरोध हटाउने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले मंगलबार बिहान ८ बजे शितलनिवासमा सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेलका अनुसार संघीय संसदमा देखिएका अवरोध अन्त्यका लागि राष्ट्रपति पौडेलले बैठकको आव्हान गरेका हुन् ।
त्रिभुवन विमानस्थलबाट साउनको पहिलोसाता एक क्विन्टल सुन प्रकाउ प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने माग गर्दै एमालेले साउन १० गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमीरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिलाई भेटेर संसद अवरोध अन्त्यका लागि पहल गरिदिन आगैह गर्दै आएका छन् ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका शिर्षनेताहरुको बैठक डाकेर संसद अवरोध हटाउने विषयमा छलफल गरेका थिए । यद्यपी एमालेले पुरानै अडान कायम राखेपछि आजको छलफलमा कुनै पनि सहमति हुन नसकेको बैठकमा सहभागी नेताहरुले बताए । नेताहरुले दलहरु सहमति नजिक पुगेको र सोमबार बस्ने बैठकले सहमति गर्ने बताएका छन् ।

.

 

वि.सं.२०८० भदौ ३ आइतवार २१:४८ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...