back
CTIZAN AD

प्रभु क्यापिटलका ग्राहकलाई गुह्येश्वरी डेन्टल हस्पिटलमा विशेष छुट

वि.सं.२०८० भदौ ४ सोमवार

744 

shares

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडका हितग्राही खाताहरुलाई ‘गुह्येश्वरी डेन्टल मल्टिस्पेसिलिटी एण्ड इम्प्लान्ट हब प्रालि’मा विशेष छुटको व्यवस्था गरिएको छ ।

प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको डेन्टलसम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि ‘गुह्येश्वरी डेन्टल मल्टिस्पेसिलिटी एण्ड इम्प्लान्ट हब प्रालि’सँग भदौ १ गते सम्झौता गरेको कम्पनीले जनाएको छ ।

सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र ‘गुह्येश्वरी डेन्टल मल्टिस्पेसिलिटी एण्ड इम्प्लान्ट हब प्रालि’को तर्फबाट सञ्चालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन् ।
क्यापिटलका ग्राहकहरुले ‘गुह्येश्वरी डेन्टल मल्टिस्पेसिलिटी एण्ड इम्प्लान्ट हब प्रालि’मा मा सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् । ललितपुर, पुलचोकमा रहेको ‘गुह्येश्वरी डेन्टल मल्टिस्पेसिलिटी एण्ड इम्प्लान्ट हब प्रालि’ अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ ।

यस ‘गुह्येश्वरी डेन्टल मल्टिस्पेसिलिटी एण्ड इम्प्लान्ट हब प्रालि’ बाट ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ ।

हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

 

वि.सं.२०८० भदौ ४ सोमवार १४:३६ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...