back
CTIZAN AD

सिआइबीले लियो पूर्वप्रधानमन्त्रीद्वय डा. भट्टराई र नेपालसंग बयान

वि.सं.२०८० भदौ ४ सोमवार

978 

shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव कुमार नेपालसँग बयान लिएको छ ।

‘सानालाई ऐन र ठूलालाई चैन’ भन्दै सरकारको चौतर्फि विरोध भइरहेका बेला सत्तारुढ गठबन्धन दलका अध्यक्ष नेपालसँग आइतबार साँझ उनकै निवास कोटेश्वरमा पुगेर सिआइबीको टोलीले बयान लिएको हो ।

त्यसैगरी आइतबारै बिहान नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका डा. बाबुराम भट्टराईसँग उनकै टोखास्थित घरमा पुगेर ललिता निवास प्रकरणमा बयान लिएको हो । सिआइबीका प्रवक्ता नवराज अधिकारीका अनुसार पूर्वप्रधानमन्त्रीद्धयलाई सिआइबीको टोलीले घरमै पुगेर बयान लिएको हो ।

यसअघि साउन २९ गते बसेको सत्तारुढ गठबन्धन दलका शिर्ष नेतृत्वले ललिता निवास प्रकरणमा डा. भट्टराई र नेपालसँग बयान नलिने सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठको चौतर्फि आलोचना भएको थियो ।

आइतबारै ललिता निवास प्रकरणको फाइल सरकारी वकिललाई बुझाउने तयारी गरेको सिआइबीले उक्त फाइल रोकेर भट्टराई र नेपालको बयान लिएको थियो ।

 

 

वि.सं.२०८० भदौ ४ सोमवार १४:२० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...