back
CTIZAN AD

कोशी प्रदेश : मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

वि.सं.२०८० भदौ ४ सोमवार

621 

shares

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्ने छन् । उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आइ प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिएकी थिईन् ।

उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गरेकी थिईन् ।

कोशी प्रदेशसभामा सभामुख
र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चार जना सदस्य तोकिएको थियो । जसमा ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बुले भदौ १ गते अनुपस्थित हुने सूचना दिइसकेकी थिईन् भने वर्णानुक्रमअनुसार रहेका अम्बरबहादुर बिस्टले पनि भदौ १ गते नै सोही व्यहोराको सूचना दिएका थिए । सोही कारण मन्सुरीलाई बैठकको अध्यक्षता गर्नका उपसभामुख दनुवारले पत्र लेखेकी छिन् ।

प्रदेशसभाको आजको बैठकमा नेकपा (एमाले)का तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, ज्ञानेन्द्र सुवेदी, रोहितबहादुर कार्की, रामप्रसाद महतो र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले पनि बिदामा बस्ने जानकारी गराइसकेका छन् ।

वि.सं.२०८० भदौ ४ सोमवार १४:५५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...