back
CTIZAN AD

जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी

वि.सं.२०८० भदौ ४ सोमवार

711 

shares

काठमाडौँ  (टोकियो) । जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८ डिग्री र आइजुवाकामात्सु, ओसाका, टोटोरी र सागा शहरमा ३७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

जेएमएले मानिसहरुलाई तापक्रम, आर्द्रता र सौर्य विकिरणमा आधारित ‘हिट स्ट्रेस इन्डेक्स’ जाँच गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

उत्तरी क्युशु र तोहोकुमा तातो, ओसिलो हावासहितको तापक्रम वृद्धिले अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्ने बताइएको छ । यसले सोमबारपछि आँधीबेहरी ल्याउने र भूस्खलनको सम्भावना सिर्जना हुने, बाढी आउने, नदीमा पानीको बहाव बढ्ने, चट्याङ पर्ने र तीव्र हावाहुरी आउने मौसमविद्ले बताएका छन् ।(रासस/सिन्ह्वा)

वि.सं.२०८० भदौ ४ सोमवार १६:४२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...