काठमाडौं । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘लक्ष्मी भ्यालु फन्ड-२’का इकाइहरु भदौ ४ गते बाँडफाँड गरिएको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको कार्यालयमा सोमबार यो म्युचुअल फन्डका इकाइहरु बाँडफाँट गरिएको हो ।
गत साउन ५ गतेदेखि साउन साउन १९ गतेसम्म यो योजनाका इकाइहरु बिक्री खुला गरिएको थियो । यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल ८ करोड इकाइ बिक्री खुला गरिएको थियो । निर्धारित समयावधिभित्र नै सतप्रतिशत इकाइ बिक्री भएको क्यापिटलले जनाएको छ ।
कुल इकाइमध्ये एक करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाइको १५ प्रतिशत कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाईमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
वि.सं.२०८० भदौ ५ मंगलवार १०:३४ मा प्रकाशित






























