back
CTIZAN AD

कोरियाली प्रायद्वीप समस्या समाधानमा चीनको जोड

वि.सं.२०८० भदौ ९ शनिवार

729 

shares
संयुक्त राष्ट्रसङ्घ । चीनले कोरियाली प्रायद्वीप समस्या समाधानमा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ श्वाङले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उनले उक्त कुरामा जोड दिएका हुन् ।
कोरियाली प्रायद्वीप समस्या समाधान प्रमुख राष्ट्रहरूबीचको सुदृढ सम्बन्ध र स्थिर क्षेत्रीय वातावरणमा निर्भर रहेको बताउँदै चिनियाँ कूटनीतिज्ञले ती देशले नै उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिए । प्रायद्वीपको विषयलाई लिएर प्रमुख क्षेत्रीय देशले सामान्यतया स्थिर र सहयोगी सम्बन्ध राखेमा कूटनीतिक प्रयास प्रभावकारी हुन सक्ने उनले बताए ।
उपप्रमुख गेङले हालैका वर्षहरूमा केही देशले प्रायद्वीपको मुद्दालाई जानाजानी तनाव सृर्जना गर्ने, हिन्द-प्रशान्त रणनीतिमा प्रायद्वीपलाई समावेश गर्ने, गठबन्धन र साझेदारीलाई बलियो बनाउन र यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाउने प्रयास भइरहेको यथार्थ सुनाए ।
शीतयुद्धको मानसिकतायुक्त त्यस्ता अभ्यासले  टकराव बढाउने र दलहरूबीचको आपसी विश्वासलाई कमजोर पार्ने उल्लेख गर्दै उनले आफ्नै भूराजनीतिक स्वार्थ पूरा गर्नेबाहेक प्रायद्वीपमा शान्ति र स्थायित्व कायम नहुने बताए । “पछिल्ला गतिविधिबाट निःशस्त्रीकरणलाई अगाडि बढाउने लक्ष्यमा तुषारापात भएको छ,” अमेरिका, जापान र दक्षिण कोरियाको नाम उल्लेख नगरी उनले भने ।
वार्ताको माध्यमबाटै प्रायद्वीपलाई समस्याबाट मुक्त गर्न सकिने विचार व्यक्त गर्दै उनले त्यहाँ तनाव कम गर्न र राजनीतिक समाधानलाई बढावा दिन सुरक्षा परिषद्ले  रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कोरियाली प्रायद्वीपका समस्या समाधानका निम्ति चीन, रुस र अन्य देशले प्रस्तुत गरेका उचित प्रस्तावलाई केही देशले बेवास्ता गरेका तथा प्रतिबन्ध र दबाबबाटै निकास निष्कन्छ भन्ने लघु सोचप्रति उनले दुःख व्यक्त गरे ।
सिन्ह्वा

वि.सं.२०८० भदौ ९ शनिवार १५:०३ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...