back
CTIZAN AD

‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आज प्रज्ञा प्रतिष्ठानमा हुने

वि.सं.२०८० भदौ १५ शुक्रवार

1.4K 

shares

काठमाडौँ । वरिष्ठ लोकगायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयामिक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ः०० बजे सुरु हुने ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’मा रायमाझीका सबै शैलीका सदाबहार लोकप्रिय गीत-सङ्गीतको प्रस्तुति रहने छ । उनीसँगै सहकार्य गरेका अन्य कलाकारको पनि साथसाथै प्रस्तुति रहने छ ।

स्रष्टा रायमाझीले मार्मिक कथाव्यथामा आधारित सयौँ गीत आम स्रोतमाझ पस्किएका छन् । उनले ‘मलाई सम्झी रेलिमै (कार्गिल)’ देखि ‘फुलबुट्टे चोलीमा’, राम्दीपुल तर्नेबित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, पसिनाले पैसा साटेर, माया पैँचो नदेउ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाईलगायत प्रस्तुत गर्ने छन् ।

नेपालका सबैभन्दा बढी कलाकार आबद्ध रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा आयोजना गर्न लागिएको उक्त पहिलो एकल साँझको तयारी पूरा भएको प्रतिष्ठानका अध्यक्ष रीता थापामगरले जानकारी दिइन् । हालसम्म आयोजना गरिएका ‘एकल साँझ’मध्ये ‘नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ’ धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने उनले दाबी गरिन् । स्रष्टा रायमाझीको प्रस्तुति सुन्न देशभरिबाट कलाकार र दर्शक आउन लागेका प्रतिष्ठानका अध्यक्ष थापामगरले बताइन् ।

प्रज्ञा प्रतिष्ठानमा प्रवेश पासको व्यवस्था गरिएको तथा हल बाहिर प्रतिष्ठान परिसरमा पनि टेलिभिजनमार्फत निःशुल्क हेर्ने व्यवस्था मिलाइएको प्रतिष्ठानका कोषाध्यक्ष एवं गायक तथा सञ्चारकर्मी अमृत अधिकारीले जानकारी दिए । विवाहमा छोरीलाई बिदाइ गर्ने बेला बुवाले दिने आशीर्वादलाई समेटेर बनाइएको स्रष्टा रायमाझीको नयाँ मार्मिक गीत पनि आजै सार्वजनिक गर्न लागिएको उनले बताए । साथै आगामी कात्तिक ३ गतेदेखि प्रदर्शन गर्न लागिएको स्रष्टा रायमाझीको नयाँ चलचित्र ‘परदेशी-२’ डेमो प्रदर्शन गर्न लागिएको कोषाध्यक्ष अधिकारीले बताए ।

स्रष्टा रायमाझी २०४२ सालदेखि निरन्तर लोकगीत, सङ्गीतमा साधनारत छन् । गीत-सङ्गीतका क्षेत्रमा सबैलाई सहयोग गर्ने, नयाँ कलाकारलाई सधैँ उत्प्रेरित गरिरहने स्रष्टा रायमाझीलाई लोकसङ्गीतका क्षेत्रमा समर्पित वरिष्ठ कलाकारका रूपमा लिइन्छ । बुवा सूर्यबहादुर रायमाझी र आमा कृष्णकुमारी रायमाझीको दोस्रो सन्तानका रूपमा २०२० सालमा पाल्पाको झडेवामा जन्मिएका रायमाझीका दाइ लक्ष्मण रायमाझी र भाइ दुर्गा रायमाझी पनि चर्चित कलाकार हुन् । दाइ लक्ष्मणको केही वर्ष अगाडि निधन भइसकेको छ । भाइ दुर्गा प्रतिष्ठानको पूर्वअध्यक्ष तथा हाल सल्लाहकार छन् ।
रासस

वि.सं.२०८० भदौ १५ शुक्रवार १०:२६ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...