काठमाडौं । काठमाडौंको पेप्सीकोला-काँडाघारी सडकखण्डमा आज बिहान एकसाथ चार सवारीसाधन आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिहान साढे ८ बजे आसपास बा ३ ख ४८४८ नम्बरको मूलपानी-रत्नपार्क चल्ने बसले पेप्सीकोलाको छाप्प्रोमा टाटा मोबाइल, स्कुटर र मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा बा. प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक पुरुषको मृत्यु भएको हो । उनको सनाखत हुन बाँकी छ ।
दुर्घटनामा पाँच जना घाइतेहरुरुमा काभ्रे कोशीपारि घरभई हाल मूलपानी बस्नेस्वस्थानी खड्का, दोलखा घर भई हाल हरहरमहादेव बस्ने उषा थापा, दोलखा भीमेश्वर न.पा. घरभई हाल इमाडोल बस्ने कुमारबहादुर खाती, उदयपुर गाइघाट घरभई हाल काडाघारी बस्ने कल्पना विक र मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने रमिता प्रजा रहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० भदौ १७ आइतवार ०९:५४ मा प्रकाशित






























