back
CTIZAN AD

विभागद्धारा एन्टिबायोटिक औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन

वि.सं.२०८० भदौ १७ आइतवार

813 

shares

काठमाडौँ । औषधि व्यवस्था विभागले प्रतिजैविक (एन्टिबायोटिक) औषधिको लेवलमा रातो धर्का राख्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखाउन भन्नका लागि रातो धर्का राख्न निर्देशन दिइएको बताए ।

“उपभोक्तले रातो धर्का भएको औषधि चिकित्सकको पर्चा (प्रिस्क्रिशन)को आधारमा खानुपर्दछ, जथाभावी नखाउन भनेर प्रतिजैविक औषधिमा रातो धर्काको अभियान सञ्चालन गरेका छाँै”, उनले भने, “औषधिको लेवलमा रातो धर्का भएमा उपभोक्ताले जथाभावी रुपमा नखानु भनेर सचेत गराइने छ ।” उनले रातो धर्का भएको औषधि प्रतिजैविक औषधि हो भनेर उपभोक्तालाई चिनाउन पनि अभियान सञ्चालन गरिएको बताए ।

विभागले बजारिकृत हुने समूह ‘ख’ प्रतिजैविक वर्गको औषधिको पहिलो र दोस्रो ‘प्याकिङ्ग’ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा छ महिनापछि उत्पादन हुने औषधिमा अनिवार्य रुपमा लेवलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ ।

प्रतिजैविक औषधिको प्रयोगबारे प्रयोगकर्तालगायत गैर स्वास्थ्यकर्मीले सजिलै पहिचान गर्न रातो धर्का कोर्ने प्रावधान लागू गरेको जनाइएको छ । प्रतिजैविक औषधिको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रतिजैविक औषधिको पहिलो र दोस्रो प्याकिङ्गको लेवलमा रातो धर्का लगाउने अभ्यास रहँदै आएको छ ।

वि.सं.२०८० भदौ १७ आइतवार १२:२६ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...