काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंका जाने भएका छन् ।
उनीहरु दुवैजना् सोमबार नेपाल र भारतबीच हुने एसिया कप क्रिकेटको खेल हेर्न श्रीलंका जान लागेको बताइएको छ । नेपाली समय अनुसार सोमबार दिउँसो ३ बजे श्रीलंकाको पाल्लेकेलमा हुन लागेको उक्त खेलमा नेपाली खेलाडीको मनोबल बढाउनका लागि श्रीलंका जान लागेका हुन् ।
त्यसैगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि श्रीलंका जाने भएका हुन् । उनी हिमालयन एयरलाईसको जहाजमार्फत् दिउँसो त्यतातर्फ जान लोगका हुन् ।
समूह ‘ए’ मा रहेको नेपालले बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।
वि.सं.२०८० भदौ १७ आइतवार १५:०५ मा प्रकाशित





























