back
CTIZAN AD

छोराको दीर्घायु र स्वास्थ्य लाभको कामनासहित पूजापाठ गर्दै तिनछठ्ठी पर्व मनाउँदै महिलाहरु

वि.सं.२०८० भदौ १९ मंगलवार

1.1K 

shares

लुम्बिनी । व्रतालु महिलाहरुले घाँसे कुशको पातमा गाँठो पारी पूजापाठ गर्दै छोराको दीर्घायु र स्वास्थ्य लाभको कामनासहित यो पर्व मनाइरहेका छन् । यस पर्वलाई ‘हरछठ’ वा ‘

ललहीछठ’ पनि भन्ने गरिन्छ । यो पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्ष ‘षष्ठी’ तिथिका दिन मनाइने गरिन्छ । यो दिन गाउँटोलका व्रतालुहरू एकै ठाउँमा भेला जम्मा भई घाँसे कुशमा गाँठो पारी पूजा आराधना गर्ने गर्छन् ।

हिन्दू धार्मिक परम्पराअनुसार दिनभरि निराजल व्रत बसी छोराको जीवनरक्षा तथा दीर्घायुको कामना गर्दै पलासको पात, र महुवाको पातसहित कहिल्यै नजोतेको खेतमा उब्जेको तिन्नी चामल, महुवा र दही राखी पूजापाठ गर्ने गरिन्छ । यो व्रत आमाले छोराको सुस्वास्थ्य र दीर्घायुका लागि बस्ने गर्छिन् । व्रतालुहरु महिलाहरू दिनभरि निराजल व्रत बस्ने र तीनछठ्ठी माताको महिमा सहितका गीतहरू गाउने तथा तीनछठ्ठी मातासँग सम्बन्धित कथाहरू भन्ने र सुन्ने गर्दछिन् ।

व्रतका समयमा प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरु दही, महुवा, साग र तिन्नीको चामलको भात लगायतका सामग्री र फलफूल प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । यो व्रतमा महुवाको दातुनले दाँत सफा गरिन्छ ।

यसै तिथिमा भगवान् श्रीकृष्णका दाजु बलरामको जन्मोत्सव पनि मनाउने परम्परा रहेकाले खेतमा उब्जिएको वा हलो जोतेर उब्जाएको कुनै पनि खाद्यान्न खानु हुँदैन भन्ने मान्यता छ । हलो कृष्णका दाजु बलरामको अस्त्र भएकाले त्यसो गरिने गरेको पण्डित अजयकुमार मिश्रको भनाइ छ ।

व्रतालुहरूका लागि गाइको दूध, दही, घीउ वा त्यसबाट बनेको कुनै पनि परिकार खान मनाही छ, पण्डित मिश्रले भने, “त्यसैले व्रतालु महिलाहरू यो दिन बेलुका तालतलैयामा उब्जिएको केरमुआ सागरतिन्नीको चामल र पचहरको चावल खाने गर्छिन् । यो दिन महिलाहरू भैँसीको दूध, घीउ व दहीको प्रयोग गर्नुपर्छ । रासस

 

वि.सं.२०८० भदौ १९ मंगलवार १३:४९ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...