back
CTIZAN AD

सप्तकोशीमा फाल हानेका चिकित्सक कोइरालाको शव भेटियो

वि.सं.२०८० भदौ २० बुधवार

747 

shares

काठमाडौँ । सप्तकोशीमा फाल हानेका चिकित्सक प्रज्वल कोइरालाको शव भेटिएको छ । बराहाक्षेत्रबाट सप्तकोशीमा फाल हानेका चिकित्सक कोइरालाको शव १० दिनपछि भेटिएको हो ।

झापाको दमक नगरपालिका-१ का चिकित्सक कोइराला बेपत्ता भएको १० दिन पछि भेटिएको हो । उनले भदौ १० गते उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदीको पुल छेउमा कार पार्किङ गरेर नदीमा फाल हानेको प्रहरीले जनाएको छ ।

घटना भएको १० दिनपछि सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित कोशीले टापु बनाएको क्षेत्रमा कोइरालाको शव भेटिएको प्रहरीले जनाएको छ । कोइराला मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत थिए ।

कोशीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । कोइरालाको आत्महत्याको कारण प्रेम सम्बन्ध भनिए पनि अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८० भदौ २० बुधवार १२:३४ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...