back
CTIZAN AD

थप चार जिल्लामा टेलिकमको फाइबर लाइन

वि.सं.२०८० भदौ २० बुधवार

612 

shares

धनकुटा । नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको छ । टेलिकमले धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा जिल्लासम्म एडिएसएसमार्फत क्षमता बढाएर ग्राहकलाई वायरलेश प्रविधिको ‘फोर जी’ सेवा तथा एफटिटिएच (अफ्टिकल फाइबर प्रविधि)बाट द्रुत गतिको इन्टरनेट प्रवाह गर्न थालेको हो । यसअघि टेलकमले एडिएसएसबाट प्रवाह गरेको २० जिबिपिएसबाट एफटिटिएच इन्टरनेटअन्तर्गत कपर वायरबाट पाँच एम विपिएससम्मको इन्टरनेट सेवा तथा जिएसएम (टुजी, थ्रीजी र फोर जी) सेवा विस्तार गर्दै आएको थियो ।

हाल उक्त प्रविधिलाई स्तरोन्नति र जमिनमुनि विछ्याइएको फाइबरमार्फत् जिल्लासम्म एक सय जिविपिएसको मुख्य प्रसारण लाइन पुगेपछि टेलिकमले अफ्टिकल फाइबरमार्फत ग्राहकलाई आवश्यकताअनुसारको द्रुत गतिको इन्टरनेट उपलब्ध गराउन थालेको हो ।

सेवाको स्तरोन्नति र विस्तारसँगै अब चार जिल्लाका नागरिकले सीमित इन्टटरनेट चलाउनुपर्ने बाध्यता अन्त्य हुनाका साथै आफूले चाहेको स्पिड (८,२५,८० एमबिपिएस) सम्मको सेवा लिन पाउने भएका छन् । कार्यालयका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर सुमन आचार्यका अनुसार धनकुटा जिल्लाको हिले बजार, मूलघाट, छथरजोरपाटी गाउँपालिकाको सिन्धुवा बजार, साँगुरीगढी गाउँपालिकाको भेडेटार बजारमा फाइबरमार्फत् इन्टरनेट सेवा विस्तार गरिएको छ । धनकुटाकै पाख्रिबास नगरपालिका र चौबिसे गाउँपालिकामा पनि चालु आर्थिक वर्षमा सेवा सञ्चालनमा आउने उनले जानकारी दिए ।

त्यस्तै सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार, धर्मदेवी नगरपालिकाको मुढेशनिश्चरेमा पनि इन्टरनेट विस्तार गरिएको छ । चैनपुर नगरपालिकामा यसै वर्षदेखि काम सुरु गरिनेछ । अहिले सुनसरीको इटहरीबाट धनकुटाको हिले, तेह्रथुमको म्याङलुङ, पाँचथरको फिदिम र झापाको विर्तामोडबाट पुनःइटहरीसम्म एक सय जिबिपिएस इन्टरनेट जडान भइसकेको छ । यसबाट कुनै एक स्थानको फाइबरमा क्षति भए तापनि अर्को रुटबाट सेवा सञ्चालन हुने भएकाले चार जिल्लामा इन्टरनेट सेवा दिगो हुने कार्यालयका प्रमुख आचार्यले जानकारी दिए ।

सेवा विस्तारसँगै हाल धनकुटामा दुई हजार छ सय २१ वटा राउटरमार्फत् आठ हजार घरधुरीले अफ्टिकल फाइबरमार्फत्को इन्टरनेट उपभोग गरिरहेका छन् । भोजपुरमा सात सय तीन राउटरमार्फत एक हजार पाँच सय घर धुरीले, सङ्खुवासभामा नौ सय ८० राउटरमार्फत् दुई हजार घर धुरीले र तेह्रथुममा छ सय ७० राउटरमार्फत् एक हजार पाँच सय घर धुरीले ईन्टरनेट उपभोग गरिरहेको उनले उल्लेख गरे ।

 

वि.सं.२०८० भदौ २० बुधवार १२:४१ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...