
देवचुली । गण्डकी प्रदेशका कृषि र भुमी मन्त्री महेन्द्र ध्वज जिसिले गुणस्तरिय शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । मन्त्री जिसिले पृथ्वी माध्यमिक विद्यालय देवचुली १० पृथ्वीनगरको ४४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
मन्त्री जिसिले गण्डकी प्रदेशमा कृषि र भूमिमा देशका लागी आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नु पर्ने बताए । उनले आगामी दिनमा पनि अझै प्रगति गर्दै विद्यालयलाई अगाडि बढ्न आग्रह गर्दै उनले शिक्षा क्षेत्रमा आफू हरतरह लागि पर्ने बताए ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर घर्तिलगायतका वक्ताहरूले विद्यालयको नतिजा उत्कृष्ट रहेको र यहाँ अध्ययन गर्ने विद्यार्थीहरूको भविष्य सुनिश्चित भएकाले सम्पूर्णलाई बधाई तथा शुभकामना दिएका थिए ।