back
CTIZAN AD

‘म’ कहिले सुध्रने ?

वि.सं.२०८० भदौ २१ बिहीवार

1.9K 

shares

अचानक, आज म झल्यास्स भएँ, र सोचमग्न हुन पुगे, अनि आफैलाई प्रश्न गर्न थाले, ‘म’ कहिले सुध्रने होला ?

अरुलाई अर्ति उपदेश दिएकै छु । सरसल्लाह मागे पनि नमागे पनि स्वयंसेवी बनेर दिएकै छु । र भन्ने गरेको छु, राम्रोलाइ राम्रो नराम्रोलाइ नराम्रो भन्नुपर्छ, तर के म आफैले यो कुरा पालन गरेको छु त ।

अनि मनन गर्न थाले, म कति पूर्वाग्रही रहेछु भन्ने कुरा । आफुलाई मन परेको दल, मान्छे, कुकुर, बिरालो, साङ्ग्ला, फट्यांग्रा, जो जे सुकै होस्, उनीहरुले जे गरे पनि राम्रो देख्ने, उनीहरुले गरेको गलत कार्य पनि टालटुल गरेर राम्रो गर्यो भनेर बचावट गर्न अग्रसर हुन मन लाग्ने । जुन जुन पत्रिका, अनलाइन मिडिया, ब्लग आदिले आफुलाई मन पर्नेको बारेमा लेख्छन, खोजि खोजि पढ्न मन लाग्ने, कसैले अलिकति मात्रै बिरोध गरेको मात्र हैन, बिमति जनाएको भेटे पनि खत्तम पर्दिउ जस्तो लाग्नेर ।

साथ साथै, आफुलाई मन नपर्नेले गरेको राम्रो कुरा पनि खराब देख्ने, हुदा हुदा, अब त यस्तो लाग्न थाल्यो कि, आफु, आफ्ना र आफुले मन पराएका बाहेक अरुले गरेका कुनै पनि कार्यहरुको बिरोध मात्र हैन, खेदो खनौ, वा गरेको काम उल्ट्याउन मन लाग्नेर आफु भित्र वा आफ्नो चित्तमा एक पटक जे गढ़यो गढ़यो, जे लाग्यो लाग्यो त्यो मात्रै ठिक, बाकि सारा संसार बेठिक !

अझ आश्चर्यको कुरा त, आफुले दल र पार्टी फेरे पछि त, पहिला आफु त्यस दल र पार्टीमा हुँदा गरेको त्यस पार्टी प्रतिको निष्ठा, पार्टीको मेनिफ़ेस्टो, सिद्दान्त प्रतिको प्रतिबद्दता, पार्टीसँग सम्बन्धित व्यक्तिहरु प्रतिको आस्था, भाइचारा पनि खराब लाग्ने। हुँदाहुँदा पहिलाको पार्टीमा हँदा आफू स्वयम्ले गरेको काम पनि नराम्रो लाग्ने । जस्तो आफुले नदी तर्ने पूल बनाएको छ भने त्यो पूल पनि ‘तुईन’ देखिने ! हैन, मेरो आँखा खराब हो कि दिमाग, अहँ, छुट्ट्याउन सकिरहेको छैन । भनौ, पहिला मांसाहारी हुँदा, हजारौ राँगा, भैंसी, कुखुरा, खशी, भेडाबाख्रा आदि, दुइ शब्दमा भन्दा, माछा मासु कति खाईयो खाइयो, भनि साध्य छैन । तर शाकाहारी बनेको दिनबाट अरुले ‘अन्डा’ खाएको देख्दा पनि जुलुस लिएर जाउ, कालो मोसो दलेर शहर घुमाउ, हुनेवाला जिबलाई ‘घिचिस’ भनौ जस्तो लाग्ने । अझ जातजाति, समाज अनुसार खान हुन्न भनेर उपदेश दिन मन लाग्नेर ।

यस्तो लाग्छ, ध्रुब सत्य त्यो नै हो, जुन कुरा मलाइ सत्य लाग्छ, मन पर्छ । मलाइ प्रहरीले कहिले चेक जाँच नगरोस, भन्सारमा जांच नहोस, रोकिन नपरोस, लाइनमा बसेर कुनै काम गर्न नपरोस, एक कल फोन गरेर आफुले चाहेको काम होस्, ब्यांकहरुले भने जति ऋण देओस, अस्पतालमा बिशेष सुबिधा मिलोस, जुन कार्यालयमा जे काम परेपनि कर्मचारीले केहि प्रश्न नगरी फटाफट काम गरोस, आदि इत्यादि ।

फेरी सोचे, सानो सानो कुरामा पनि म आफुलाई पुगे पछि पुग्यो । जस्तो, आफुले चर्पी प्रयोग गरेपछि किन सफा गर्ने, आफ्नो काम त सकी गो, आफु भन्दा पछि आउनेलाइ जेसुकै हो, के मतलब ?

निष्कर्ष : यी माथि लेखेका कुराहरु ऐना अगाडी उभिएर चर्को स्वरमा पढेको त त्यो ऐना मा देखिएको ‘म’ लाइ देखेर यति रिस उठ्यो कि ‘ल तँ भनेको तँ नै होस्’ भनेर झड्याम्म एक बक्सिङ्ग हानेको ऐना चकनाचूर । हातमा दुइ चार टुक्रा सिसाका टुक्रा गडेर रगताम्य। धत् !!!

(लेखक थापा : अष्ट्रेलियाको कानुनमा विद्यावारिधी गरी  सोलिसिटर छन् )

वि.सं.२०८० भदौ २१ बिहीवार ०९:३७ मा प्रकाशित

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

ई–पासपोर्टको विश्व बजार र नेपालको राहदानी विवाद

काठमाडौँ । नेपाली राहदानी छपाइको विषयलाई लिएर पछिल्ला दिनमा फ्रान्सेली...