back
CTIZAN AD

ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्दै प्राइम बैंक

वि.सं.२०८० भदौ २१ बिहीवार

933 

shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने भएको छ । बैंकमा खाता सञ्चालन गरिरहेका ग्राहकहरूको खाता नम्बर भदौ २३ गते शनिबारदेखी परिवर्तन गर्ने जनाएको हो ।

बैंकले सम्पूर्ण ग्राहकहरूको खाता नम्बर १० अङ्क तथा अक्षरबाट परिवर्तन गरी २० अङ्कको कायम गरिने जनाएको छ । नयाँ खाताको कारोबार ग्राहकहरुसँग हाल भइरहेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने छ । साथै, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरूमा प्रयोग भएका साबिकको खाता नम्बरहरू प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गराउने बैंकले जनाएको छ ।

साथै अन्य सबै निकायहरू जस्तैः स्टक ब्रोकर तथा डिम्याट खातमा ग्राहकहरु आफैंले नयाँ खाता नम्बर अद्यावधिक गराउनु पर्ने बैंकले जनाएको छ । साथै नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

यस्तै, प्राइम बैंकको बैंकिङ्ग सेवा एक दिन बन्द हुने भएको छ । बैंकका अनुसार कोर बैंकिङ सिस्टम (सीबीएस) अद्यावधिक गर्नु पर्ने भएकाले एक दिन बैंकको सम्पूर्ण सेवा बन्द रहनेछ । भदौ २२ गते शुक्रवार राति १० बजेदेखि १२ बजेसम्म कोर बैंकिङ अद्यावधिक हुने भएकोले एटिएम, मोबाइल बैंकिङ लगायत सम्पूर्ण सेवाहरू बन्द हुने बैंकले जनाएको छ ।

May be an image of text

वि.सं.२०८० भदौ २१ बिहीवार १०:४१ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...