काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अहिले १ बजे बस्ने संसद् सचिबालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय महिला आयोगको पन्ध्रौँ वार्षिक प्रतिवेदन” पेश गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, आजको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीले जवाफ दिने छन् । जस्मा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी प्रश्नहरुको उत्तर दिने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।
वि.सं.२०८० भदौ २१ बिहीवार १२:३४ मा प्रकाशित



























