काठमाडौं । बिवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको हो ।
शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्रकुमार रानाले ग्राहकहरु माझ बढ्दै गएको बिवाईडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको र ग्राहकहरुको बढ्दो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बिवाईडी प्रतिबद्ध रहेको बताए ।
नेपालको विद्युतीय गाडीको बजारमा राम्रो बजार हिस्सा ओगटेको बिवाईडीले नयाँ इलेक्ट्रिक एसयूभी एटो थ्री सार्वजनिक गरेसँगै नयाँ शोरुमहरु पनि सञ्चालनमा ल्याइएको जनाएको छ । बीवाईडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्न विक्रेता सञ्जाल विस्तारलाई विशेष प्राथमिकता दिई अघि बढिरहेको कम्पनीले उल्लेख गरेको छ ।
बीवाइडीले नेपालभरी आफ्नो संजाल विस्तार गरिरहेको र विरगंज र जनकपुरमा पनि डिलरहरु नियुक्त गरेको जनाएको छ । कम्पनीका अनुसार उक्त स्थानका शोरुमहरु पनि चाँडै नै सञ्चालनमा आउनेछन् ।
वि.सं.२०८० भदौ २१ बिहीवार १२:४६ मा प्रकाशित





























